कञ्चनरुप नगरपालिकाको लापरबाहीको कारणले कार्यालयको विद्युत सेवा अबरुद्ध, दैनिक कामकाज  ठप्प 

...

कञ्चनपुर, जेष्ठ ३ गते । सप्तरीको कन्चनरुप नगरपालिकाको लापरबाहीका कारण बिहिवार  नगरकार्यपालिका कार्यालयको विद्युत सेवा अबरुद्ध  हुँदा दैनिक कामकाज ठप्प भएको छ । नगरपालिकामा जरुरी कामकाज लिएर आएका सयौं लाभग्राहीहरु सेवा नै नपाई फर्केका छन । हिडडुल समेत गर्न नसक्ने  नगरपालिकाको वडा नं. ४ का ८२ बर्षिय ज्येष्ठ नागरिक चिचनी देवि खङ्गलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराई दिनको लागि आवश्यक सिफारिस माग गरि दिन   छोरी राधा देविले आफू कार्यालयमा बिहान  ११ बजे देखि बेलुका ३ बजे सम्म बस्दा पनि सेवा नपाएको गुनासो गरिन । यसको जिम्मेवार को ? भन्दै प्रश्न पनि गरिन ।
विद्युत प्राधिकरणले स्मार्ट  मिटर संचालनमा ल्याएकोले स्वीकृत क्षमता भन्दा बढी विद्युत उपभोग गर्न खोज्दा स्वचालित (अटोम्याटेड) रूपमा  नगरपालिकाको विद्युतको सेवा अबरुद्ध हुन पुगेको हो ।
 नगरपालिकाले हाल १० के.भि.ए. क्षमताको मात्र स्वीकृत लिएको विद्युत प्राधिकरण कञ्चनपुर बितरण केन्द्रका प्रमुख अरुण कुमार साहले जानकारी गराउनु भयो । महसुल बक्यौता रहेको कारणले नभई पालिकाले बुधबार  स्वीकृत क्षमता भन्दा बढी विद्युत उपभोग गर्न खोज्दा विद्युतको लाईन काटिन गएको हो । कञ्चनरुप नगरपालिकाले बुधबार एकैपटक ९ वटा येअर कन्डिशन (एसि) यन्त्र जडान गरेकोले हिजो मात्रै ३ पटक सेवा अबरुद्ध हुँदा पालिकाको कार्यालय सचेत हुनुपर्ने हो तर नगरपालिकाले जबर्जस्ती गर्न खोज्दा सेवा अबरुद्ध मात्र नभई लक समेत भएको केन्द्रका प्रमुख साहले बताए ।  नगरपालिकाले बिहिवार २५ के.भि.ए. क्षमताको विद्युत सेवाको स्वीकृत लिईसकेकोले विद्युत सेवा सुचारू हुने समेत बताए । क्षमता भन्दा बढी लोडले बुधबार ५ बजे देखि लाईन कटिएकोले पालिकामा कर्मचारीहरुलाई अत्यधिक गर्मीका कारण  कामकाज गर्न कठिनाइ भएपछि अधिकांस कर्मचारीहरु घर फर्केका थिए । 
पालिकामा अबरुद्ध रहेकोे विद्युत सेवा  २१ घन्टा पछी लाईन जडान भएका हुन् ।
कन्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह (गुप्ता )ले भने लाईन माथिबाट नै कटिएको होला तर बिहिवार १० बजे सम्म पनि लाईन नआएपछि सम्बन्धित विद्युत कार्यालयमा बुझ्दा   अत्यधिक लोड भएकोले  हिजो राती देखि नै लाईन कट्ने गरेको बताए । 
अधिकृत साहले अभरलोड भए पछि हामीले काठमाडौ पत्राचार गरिसकेकोले केही छिन मै लाईन आउने बताएका छन ।
प्राधिकरण प्रमुख साहले भने कन्चनरुप नगरपालिकाको  बक्यौता थोरै बाँकी  रहेको तर नगर अस्पताल र स्ट्रीट लाईटहरुको धेरै बक्यौता बाँकी रहेकोले समयमै तिर्न पटकपटक पत्राचार गर्दा पनि हाल सम्म नतिरेको बताए ।

प्रतिक्रिया

KNkfMpOyCVgDtP

२0८१ जेष्ठ ९ गते १८:४३

DlgCXfrwIzsEt

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

KNkfMpOyCVgDtP

२0८१ जेष्ठ ९ गते १८:४३

DlgCXfrwIzsEt

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

fizUvRJHDG

२0८१ जेष्ठ ६ गते ७:४

XHGlZWTzCmVb

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

vrmXHVaisCDjGFS

२0८१ जेष्ठ ९ गते १८:४२

RhlPQEfSkZJgbimB

  • 0 Likes
  • 0 Dislikes

vrmXHVaisCDjGFS

२0८१ जेष्ठ ९ गते १८:४२

RhlPQEfSkZJgbimB

  • 0 Likes
  • 0 Dislikes

fizUvRJHDG

२0८१ जेष्ठ ६ गते ७:४

XHGlZWTzCmVb

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

YueZGmdyPWOV

२0८१ जेष्ठ ९ गते १८:४३

byFKtgsiaPk

  • 0 Likes
  • 0 Dislikes

YueZGmdyPWOV

२0८१ जेष्ठ ९ गते १८:४२

byFKtgsiaPk

  • 0 Likes
  • 0 Dislikes