कञ्चनपुर, जेष्ठ ६ गते । कञ्चनरुप नगरपालिका का हाकिम तथा पदाधिकारीहरुले एक पछि अर्को गैरजिम्मेबारपुुर्ण आचरण, कार्य र गतिविधी गर्ने गरेको उपप्रमुख मुना कुमारी पोखरेल लगायत बिभिन्न व्यक्तिहरुको आरोपहरु रहेकै वेला नगरपालिकाको पुनः एउटा लज्जास्पद सफेद झुुठ बाहिएको छ ।
सुचना तथा बिवरण मागेको व्यक्तिलाई नियमानुसार सुचना दिन आलटाल गर्दै उपलब्ध नगराउने गलत नियतले प्रमुख प्रशासकिय अधिकृत रामनारायण
साहले हामीसंग चालुु आ.व.को योजना र बजेट नै छैन भनि राष्ट्रिय सुचना आयोगलाई ढाटेका छन । जसलाई सम्बन्धित व्यक्तिहरुले कञ्चनरुप नगरपालिका का हाकिम तथा पदाधिकारीहरुको गैरजिम्मेबारपुुर्ण आचरण, कार्य र गतिविधी भन्दै एउटा लज्जास्पद सफेद झुुठको संज्ञा दिएका छन ।
कञ्चनरुप नगरपालिका वडा नं ८ को रति सुमन रत्न गुप्ता(बिटु)ले नगरपालिका कार्यालय संग गत माघ २८ गते मागेको सुचना तथा बिवरण पालिकाले उपलब्ध नगराएपछि राष्ट्रिय सुचना आयोग समक्ष उजुुरी गरे पछि सुचना आयोगले कञ्चनरुप नगरपालिकालाई लिखित जवाफ पेश गर्न चैत्र २७ गते आदेश गरेको गियो ।
राष्ट्रिय सुचना आयोगले सुचना तथा बिवरण माग गरेको ब्यक्तिलाई उपलब्ध गराउन आदेश गरे पछि कञ्चनरुप नगरपालिकाले आयोगलाई बैशाख १७ गते को चलानी नम्बर ३००२ को पत्र लेख्दै “२०८० असोज २ गतेको कञ्चनरुप नगरपालिकाको नवौ नगरसभा बाट स्वीकृत पारित बजेट तथा कार्यक्रम र निर्णयहरु हाल खोज तलास गर्दा उपलब्ध हुन नसकेकोले खोज तलास गरी पछि उपलब्ध गराउने छु” ।
राष्ट्रिय सुचना आयोगले सुचना तथा बिवरण माग गरेको ब्यक्तिलाई उपलब्ध नगराएकोले आयोगकोे प्रमुख सुचना आयुक्त महेन्द्र मान गुरुङ्गको संयोजकत्वमा गत चैत्र २७ गते बसेकोे बैठकले कञ्चनरुप नगरपालिका वडा नं ८ को रति सुमन रत्न गुप्ता(बिटुले मागेको सुचना तथा बिवरण के कति कारणले नदिएको भनि नगरपालिकाको प्रमुख तथा सुचना अधिकारीसंग सुचनाको हक सम्बन्धि ऐनको दफा १०(२ बमोजिम लिखित जवाफ पेश गर्नु भनि आदेश गरेका थिए ।
प्रतिक्रिया