कञ्चनपुर, जेष्ठ ६ गते । नेपाल सरकारको बन तथा वातावरण मन्त्री नवलकिशोर साहले वन र बन्यजन्तु हामी सम्पुर्ण मानवको बाँच्ने आधार भएकोले वन र वन्यजन्तुको संरक्षण गर्नु हामी सबैको परम कर्तव्य एवं उत्तरदायित्व हो भन्नुभएको छ ।
विश्व वातावरण दिवसको अवसरमा प्रकृतिको लागि विश्वव्यापी कोष नेपाल (WWF Nepal) ले आईतवार काठमाडौमा आयोजना गरेको आफ्नो ३१ औं वार्षिकोत्सब कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताएका हुन । मन्त्री साहले वन र वन्यजन्तु बिना यस संसारको परिकल्पना समेत गर्न सकिदैन भन्ने समेत बताउनु भएको छ । उहाँले अगाडि भन्नुभयो " अहिलेको सरकार जनता र राष्ट्रको बिकास ,उत्थान र लोकतन्त्रको रक्षाको लागि सदैब क्रियाशिल रहेको छ " भन्नुभयो । मन्त्री साहले प्रमुख अतिथिको रुपमा पानसमा बति बालेर कार्यक्रमको उद्घाटन समेत गरेका थिए ।
फिनल्यान्ड , युरोपियन युनियन ,अष्ट्रेलिया र ब्रिटेनका राजदुतहरु समेतको उपस्तिथि रहेको उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचीव गोबिन्द न्योपाने बिशिस्ट अतिथि रहेका थिए । त्यसैगरी कार्यक्रममा WWF Nepal का प्रतिनिधिहरु डा. घनश्याम गुरुङ ,शिवराज भट्ट को समेत उपस्थित रहेको थियो भन्ने उद्घोषण WWF का अर्का प्रतिनिधि सोडिमा श्रेष्ठले गरेकी थिइन् ।
WWF Nepal ले नेपालमा बिगत ३० बर्ष देखि नेपालमा आफ्नो कार्यालय स्थापना गरि वन तथा बन्यजन्तु संरक्षणको क्षेत्रमा वन तथा वातावरण मन्त्रालय र स्थानीय उपभोक्ता समुहहरु संग सहकार्य गर्दै आईरहेको छ ।
प्रतिक्रिया