कञ्चनपुर, जेष्ठ ८ गते । भारतीय भुमी प्रयोग गरि हजारौं नेपाली युवाहरुबाट कराेडाेंको ठगी गर्ने गिरोहका एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
ठगीमा परेका युवाहरुले आफुहरु ठगी गर्ने अपराधीक गिरोहको ठगीमा परेको भनी ईलाका प्रहरी कार्यालयमा मंगलबार दिएको निवेदनको आधारमा प्रहरीले सप्तरीको अग्निसाईर कृष्णा सबरन वडा नम्बर ४ प्रसवनीका सुशील सरदारलाई पक्राउ गरेको छ ।
भारत देशको झारखण्ड राज्यको हजारीबाग जिल्लाको मटिवारी भन्ने ठाउँमा एस.एस.आर.पी. नामको फर्जी कम्पनी स्थापना गरि हजारौं नेपाली युवाहरूबाट कराेडाें रकम ठगी गरेको कञ्चनरुप नगरपालिकाबाट उक्त कम्पनीमा काम गर्न भारत पुगेका युवाहरुले जानकारी गराएका छन ।
उक्त कम्पनीमा काम गर्न पुगेका कञ्चनरुप वडा नं. ८ का महेन्द्र पासमानका अनुसार हामीलाई २ लाख १० हजार एस.एस.आर.पी. नामक फर्जी कम्पनीमा एकमुष्ट डिपोजिट गरेपछि कम्पनीमा काम दिने र सो बापत खाने बस्ने निशुल्क सुबिधा सहित मासिक रूपमा ४० हजार नेपाली रुपैया तलब दिने प्रलोभन देखाई काम गर्न भारत लगेको हो । तर त्यहा गएपछि न कुनै कम्पनी थियो न त कुनै काम नै थियो ।
त्यही फर्जी कम्पनीमा काम गर्न पुगेका सप्तकोसी नगरपालिका वडा नं.४ बलारदहका हरेराम मण्डलले काम गर्न जाने ब्यक्तिहरुलाई त्यहा काम नदिई ३ जना ब्यक्ति खोजेर ल्याउनु पर्ने ,नल्याए तलब नदिने भनी ७ दिन सम्म ठगी गर्न तालीम दिने गरेको बताए ।
त्यस्तै त्यही कम्पनीमा काम गर्न भारत पुगेका कञ्चनरुप वडा नं. ८ का शक्तिनन्दन पासमानले हामी बेरोजगार युवाहरुलाई गिरोहका एजेन्टहरु मार्फत ठग्ने गरेको बताए ।
ठगीमा परेको अधिकांश ब्यक्तिहरु १८ देखि २५ बर्ष उमेर समुहका बेरोजगार युवाहरू रहेका छन् । यसरी बेरोजगार युवाहरु संगठित अपराधीक गिरोहबाट दिन्हुँ ठगीमा परेको प्रति जिम्मेवार निकायहरु बेखबर रहेका छन । यश बिषयमा सप्तरीको प्रमुख जिल्ला अधिकारी किरण थापा संग बुझ्न् खोज्दा जिल्ला प्रहरी कार्यालयमा बुझ्न् भनी जवाज दिनु भयो । ईलाका प्रहरी कार्यालय कंचनपुरले पक्राउ परेका ब्यक्तिलाई निवेदकहरुको सहमतिमा बुधबार बिहान ११ बजे कार्यालयमा छलफलको लागी आफन्तको जिम्मा लगाएको प्रहरीले जानकारी गराउनु भयो । यस भन्दा केही दिन अगाडि मात्र यस्तै ठगीमा परेका ब्यक्तिहरुले ईलाका प्रहरी कार्यालय कंचनपुरमा निवेदन दिए पछी प्रहरीले आरोपिलाई कार्यालयमा उपस्थित गराई ठगिएको रकम एक महिना भित्र फिर्ता गर्ने शर्तमा सहमति गरि छाडेका थिए ।
प्रतिक्रिया