झारखण्डमा नेपाली बेरोजगार युवालाई ठगी गर्ने गिरोहका अर्का नाइकेलाई उपस्थित गराउने शर्तमा ठगी गर्ने गिरोहका सुशील रिहा

...

कञ्चनपुर, जेष्ठ ९ गते । झारखण्डमा नेपाली बेरोजगार युवाहरूलाई ठगी गर्ने गिरोहका रमेश कुमार सरदारलाई ईलाका प्रहरी कार्यालय कंचनपुरमा उपस्तिथि गराउने शर्तमा पक्राउ परेका ठगी गर्ने गिरोहका एजेन्ट प्रसवनी घर भएका सुशील सरदारलाई प्रहरीले छाडेका छन् ।
भारत राष्ट्रको झारखण्ड राज्यको हजारीबाग स्थित रहेको मटिवारीमा ठगी गर्ने अपराधीक गिरोहको जागीरको प्रलोभनमा परि गैरकानूनी रुपमा झारखण्डमा ठगीमा परेका युवाहरुले मंगलबार आफुहरु ठगीमा परेको लिखित निवेदन  प्रहरीमा दिएका थिए ।
ठगिएका पीडित युवाहरूको निवेदनको आधारमा प्रहरीले निवेदन परेको आधी घण्टा पनि नपुग्दै पीडितहरुको सहयोगमा अग्निसाईर कृष्णासबरण गाउपालिका वडा नं.४ प्रसवनी घर भएका ३८ बर्षिय सुशील सरदारलाई पक्राउ गरेका थिए ।
प्रहरीले पक्राउ परेका सुशील सरदारलाई बेलुकी निवेदकको सहमतिमा बुधबार उपस्तिथि गराउने शर्तमा आफन्तको जिम्मा लगाएका थिए ।  
ईलाका प्रहरी कार्यालयमा बुधबार दुबै पक्ष बीच भएको छलफल पश्चात् अनुसंधान कार्यलाई अगाडि बढाउदै ठगी गर्ने गिरोहका एजेन्ट सरदार र ठगीमा परेका पीडित युवा मध्येका एकजना  शक्तिनन्दन पासमानसंग सामान्य सोधपुछ गरेपछी अर्का ठगी गर्ने गिरोहका नाईके मध्येका कञ्चनरुप नगरपालिका वडा नं ८ कंचनपुरका रमेश कुमार सरदारलाई १५ दिन भित्र प्रहरीमा उपस्थित गराउने शर्तमा सुशील सरदारलाई प्रहरीले छाडेका हुन । ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी महेन्द्र नेपालले यस केशमा गहिरिएर अनुसंधान गर्नुपर्ने जानकारी गराउनु भयो ।
ठगहरुले प्रती ब्यक्ति २ लाख १० हजार रुपैयाका दरले नेपालकै विभिन्न ब्यक्तिहरुको बैंक खाताहरु मार्फत रकम बुझाएको प्रमाण सहित निवेदन गरेको ठगीमा परेको कंचनपुरका महेन्द्र पासमानले बताए । 
अर्का आरोपी रमेश कुमार सरदारको झारखण्डको फर्जी कम्पनीमा ठुलै रवाफ र शान रहेको पीडित सुरज पासमनले बताए । उनका अनुसार हामी बाट ठगेको रकम बाटनै बुलेट मोटरसाइकल चढेर आफुलाई कुनै देशको राजकुमार भन्दा कम ठान्दैन ।
पीडितहरुले कसको नाममा कुन बैंकको खाता मार्फत के कति रकम बुझाएको सम्पुर्ण  विवरण भोलि उपलब्ध गराउने अर्का पीडित बैजु पासमानले बताए ।

प्रतिक्रिया

fNEicJXpsmjM

२0८१ जेष्ठ १३ गते ११:१३

ZrCEvASWLXwdFoN

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

RQCMcdqLtNUZje

२0८१ जेष्ठ १७ गते ५:३४

ZEDvCrtS

  • 0 Likes
  • 0 Dislikes

RQCMcdqLtNUZje

२0८१ जेष्ठ १७ गते ५:३४

ZEDvCrtS

  • 0 Likes
  • 0 Dislikes

fNEicJXpsmjM

२0८१ जेष्ठ १३ गते ११:१३

ZrCEvASWLXwdFoN

  • 2 Replies
  • 0 Likes
  • 0 Dislikes

dzRKNlhjpACiX

२0८१ जेष्ठ १७ गते ५:३४

hsyRlwSdnMBQVDZ

  • 0 Likes
  • 0 Dislikes

dzRKNlhjpACiX

२0८१ जेष्ठ १७ गते ५:३४

hsyRlwSdnMBQVDZ

  • 0 Likes
  • 0 Dislikes