कञ्चनपुर,जेष्ठ १० गते । नेपाल सरकारको वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तन एक विश्वव्यापी र अन्तरसम्बन्धित मुद्दा भएको र जलवायु परविर्तनका कारण हरेक वर्ष अप्रत्याशित घटनाहरु बढ्दै गएको बताउनु भयो।
बुधबार देखि काठमाडौमा सुरू भएको ‘हिमाल, मानव र जलवायु परिवर्तन : विशेषज्ञहरुको अन्तरराष्ट्रिय संवाद’को उद्घाटन कार्यक्रममा उनले हिमाली देशमा जलवायु परिवर्तनले गर्ने असर र प्रतिकूलता विश्वका अन्य क्षेत्रभन्दा बढी रहेकाले त्यसबाट जोगाउन अति आवश्यक रहेको बताए ।
वन मन्त्री साहसुडीले सबै हिमाली देश र विकसित देशलाई हृदय खोलेर अनुकूलनका लागि थप वित्तीय स्रोत विनियोजन गर्न आग्रह गर्नु भयो । वहाँले भन्नुभयो " हामी सामूहिकरूपमा जलवायु सङ्कटलाई सम्बोधन गर्न जरुरी छ ” ।
मन्त्री सुडीले भने, “ नेपाल एक विविधता युक्त हिमाली देश भएकोले जलवायु परिवर्तनका प्रभाव, चुनौती र अवसरलाई सम्बोधन गर्न हामी सबैकोसाथ ,सहयोग र विशेषज्ञताले आगामी दिनमा उपयुक्त जलवायुका क्षेत्रमा उल्लेखनीय कार्य हुन्छ ।
मन्त्री सुडीले नेपाल लगायत हिमाली तथा टापु राष्ट्रहरू र त्यहाँका जनताले तापक्रम वृद्धि, अनियमित वर्षा,बाढी,पहिरो, खडेरी , अनावृष्टी,अतिवृष्टी, मरुभूमिकरण, डुबान, हिमनदी पग्लिने र समुद्री सतहको वृद्धिजस्ता सङ्कट सामना गर्नु परिरहेका समेत बताए ।काठमाडौँमा जारी संवादलाई दिगो पर्वतीय विकासलाई प्रवर्द्धन गर्ने र यसअघि निर्धारण गरेका लक्ष्य सामूहिकरूपमा पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
आगामी जुन ५ मा जर्मनीमा हुने हिमाल र जलवायु परिवर्तन सम्बन्धी विज्ञ संवाद कार्यक्रम आयोजना हुदछ। हिमालका विषयमा थप निर्णय लिन, हिमाली समुदायको जीवन र जीविकोपार्जनका लागि आर्थिक तथा अनुकूलन लक्ष्यलाई विस्तार गर्न अन्तर्राष्ट्रिय समुदाय र पक्षलाई आग्रह गर्दछु”, मन्त्री सुडीले भने ।
प्रतिक्रिया