अझै उठेनन् कञ्चनरुपको फोहर, कञ्चनरुप नगरपालिकाको नाम फेरेर ‘खानेपालिका’ राख्न स्थानीयको सुझाव

  • कार्तिक १, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर, कार्तिक ०१ गते ।
कञ्चनरुप नगरपालिका–८ का एक व्यापारीले नगरपालिकाको कञ्चनरुपबाट फेरेर ‘खानेपालिका’ राख्न सुझाव दिएका छन् ।
    कञ्चनपरुप–८का व्यापारी कपिलमणि घिमिरे‘बाजे’ले उक्त सुझाब दिएका हुन् । ‘नगरपालिकाले दिनै पिच्छे फोहर संकलन गर्न चारै पट्टी  ट्रयाक्टर घुमाई राख्नु पर्छ ।’ उनले भने, विकाश गर्नु पालिका हुनुपर्नेमा त्यस्तो नभएकोले नाम फेरिनु पर्छ ।’ 
    कञ्चनरुप नगरपालिकामा फाहोर संकलन गर्न डस्टवीन दिएपनि फोहर न उठाउने गरेको समाचार अवलोकित दैनिकले मंगलबार प्रकाशित गरेपछि बुधबार नगरपालिकाले कञ्चनपुर बजार र बेरियरको आधी फोहर मात्रै उठाएको थियो ।
    कञ्चनपुर बेरियरको मुख्य बस स्टेशन पश्चिम पट्टी अझै पनि फोहर थुप्रिएको छ । बाहिरबाट आउने जाने सबै गाडी रोक्ने ठाउँमै फोहर थुप्रिएकोले नगरकै बेइज्जत भइरहेको छ । विगत लामो समयदेखी बुकिङ्ग काम गर्ने गर्दै आएका सूर्यनारायण मण्डलले पनि यात्रु प्रतिक्षालय नजिक आधा फोहर मात्रै उठाएको बताए । 
    ‘सडकमा कुकुर मर्दा हामी बुकिङ्गले चन्दा उठाएर फाल्नु परेको छ  ।’ मण्डलले भने,‘थोरै फोहर उठाएर अरु फोहर नालामा तल फालेर नगरपालिको कर्मचारीहरुले लापार्वाही गरेको छ ।’ उनले भने,‘फोहर एक ठाउँ राख्न आदेश द दिन्छ,तर त्यो नियमित उठ्दैन ।’ 
दिपाबली नजिकिदै गर्दा समेत नगरपालिका नगरभित्रको फोहर उठाउन र त्यसलाई व्यवस्थापन गर्न गम्भिर नभएको स्थानीय व्यापारीहरुको गुनासो रहेको छ । गत वर्ष पनि अवलोकित दैनिकले दिपाबलीको समयमा पटक पटक समाचार लेखेपछि र स्थानीयहरु आन्दोलित भएपछि मात्रै फोहर उठेको थियो । 

प्रतिक्रिया