कञ्चनरुपमा पुनः आगलागी, ३ परिवारको ७ घर जलेर खरानी

...

कञ्चनपुर,जेष्ठ १५ गते ।  कञ्चनरुप नगरपालिका १० स्थित भोडहामा गएराती आगलागी हुदाँ तीन परिवारका ७ घर जलेर नष्ट भएको छ ।
कञ्चनरुप नगरपालिका ५ पडेमारामा भएको आगलागीको केही दिन नबित्दै कञ्चरुपको वडा नम्बर १०मा सोमबार राति १२ः३० बजेको समयमा  आगलागी भएका हो । स्थानीय कमेरुद्दिन शेखको गोठमा बालिएको घुरवाट आगो सल्केर शेखको एक गोठ घर र एक पाडो, त्यस्तै भगवानी चौधरीको १ घर र देवीलाल चौधरीको ५ घर सहित आगलागीमा लत्ताकपडा ,फर्निचर, खाद्यान्न, लगायत  सरसमान जल्दा १८ लाख वारावरको पुर्ण रुपमा जलेर क्षति भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार भगवानी चौधरीको ४ लाख, देवीलाल चौधरीको १२ लाख र कमेरुद्दिन शेखको २ लाख वारावरको घर सहित सरसमान जलेर नष्ट भएको जनाएको छ । उक्त आगलागी स्थानीय युवाहरु , कोशी टप्पु वन्यजन्तु आरक्षका नेपाली सेना र हनुमाननगर कंकालिनी नगरपालिकाको वारुण यन्त्र, कञ्चनरुप नगरपालिकाबाट गएका वारुण यन्त्रले आगोलाई नियन्त्रणमा लिएका ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएका छन् ।
अगनी पिडित परिवारहरुलाई तत्काल च्यूरा,भुजा,चाउचाउ,बिस्कुट,तेल,नुन,करिब १० हजार वरावरको खद्यान्न वितरण गरेको वडाअध्यक्ष दामोदर खड्गाले जनाएको छ । आगो लागेको खण्डमा राजबिराज नगरपालिकाका बारुण यन्त्रलाई फोन गर्दा गाडिमा तेल नभएको स्थानिय अग्नि पिडितहरुले गुनासो गरेका छन् ।
 

प्रतिक्रिया