मधेस प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने तीन दलको सहमति

सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसंग पनि संबाद अघि बढाउने निर्णय भएको हो ।

...

सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसंग पनि संबाद अघि बढाउने निर्णय भएको हो ।

कञ्चनपुर, जेष्ठ १७ गते । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने जेष्ठ १७ गते बिहिबार तीन दलबीच सहमति भएको छ । मधेसको सबै भन्दा ठूलो दल नेकपा एमाले, जनमत र माओवादी केन्द्रबीच जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।
एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
झमधेश प्रदेशमा निर्माण भएको नयाँ राजनैतिक परिस्थितिमा प्रदेशमा रहेको भ्रष्ट्राचार लगायत सबै प्रकारको बेथिति अन्त्य गर्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको लागि आज मिति २०८१।०२।१७ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनमत पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र), लोकतान्त्रिक समादबादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) दलको सहभागितामा नयाँ संयुक्त मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा बनाउने निर्णय भएको छझ पत्रमा लेखिएको छ ।
सरकारमा सहभागी भएका दलहरुका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रकृयामा सकारात्मक अन्य दलहरुसंग पनि संबाद अघि बढाउने निर्णय भएको हो । मधेस प्रदेशसभामा हाल १०६ सदस्य कायम रहेकोमा बहुमतका लागि ५४ सदस्यको समर्थनको आवश्यकता छ । तर अहिले तीन दलसँग ४७ सांसद छ । एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ९ जना सांसद छन् ।
लोसपा नयाँ गठबन्धनमा गएको अवस्थामा सरकार बनाउने अवस्था छ। लोसपाका ८ जना सांसद छ। लोसपाका सांसद उपेन्द्र महतोले आफूहरु जसपालाई समर्थन नगर्ने तर नयाँ गठबन्धनमा जाने निर्णय नभएको बताए ।
 

प्रतिक्रिया