कञ्चनपुर, बैशाख १८ गते । सप्तरीको छुट्टाछुट्टै स्थानमा दुई महिला सहित ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने महिलाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्लाको अग्निसाईर कृष्णा सबरन गाउँपालिका वडा नं.४ प्रसवनीका ५६ बर्षय हंसलाल सरदारले आइतबार राती १२:३० बजेको समयमा आफ्नै घरको अगाडि रहेको आँपको रुखमा घाँटीमा पासो लगाई झुन्डिएर आत्महत्या गरेको हो । सरदार झुन्डिएको देखेर पत्नी सबुरबती सरदारले थाहा पाई रोए कराएको सुनेर गाउँले भेला भइ प्रहरीलाई खबर गरेका थिए ।
सोही दिन राति अन्दाजी १० बजेको समयमा सप्तकोसी नगरपालिका वडा नं. ४ कामत टोल बस्ने को छोरी १६ बर्षिया काजल कुमारी ऋषिदेवले आफ्नै घरमा भएको बाँसको वलोमा पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
त्यसैगरी सुनसरी जिल्ला कोशी गाउँपालिका वडा नं. ३ जमुवा टोल घर भएकी २२ बर्षिया वसिरन खातुन सप्तरी जिल्लामा पर्ने सप्तकोसी नदिको उत्तर उत्तर तर्फ रहेको पिपलको रुखमा घाँटीमा सालले पासो लगाई झुन्डिएर मृत अवस्थामा घाँस गर्न र माछा मार्न गएका स्थानीयहरुले सोमबार बिहान ९:३० बजे देखे पछि स्थानीय ईलाका प्रहरी कार्यालय भारदहमा खबर गरेका थिए । भारदह प्रहरीले खबर पाए लगत्तै ईलाका प्रहरी कार्यालय कंचनपुरलाई खबर गरि घटना स्थललाई सुरक्षित गरि शवलाई सनाखत गर्ने कार्यलाई अगाडि बढाएको जनाएको छ । मृतकको शवको तत्काल सनाखत हुन नसके पनि सामाजिक संजाल मार्फत जानकारी पाएर मृतकका बुवा रहमान मियाँले ईलाका प्रहरी कार्यालय कंचनपुर पुगि मेरो छोरीको शव हो भनी सनाखत गरेका थिए ।
त्यसैगरी आईतवार नै कञ्चनरुप वडा नं. ८ स्थित रहेको कंचनपुर - फत्तेपुर सडक खण्डमा सडक दुर्घटनामा परी घाइते भएको कञ्चनरुप वडा नं.८ कि जयमाला देवि गुप्ताको उपचारको क्रममा नोवेल शिक्षण अस्पताल बिराटनगरमा मृत्युु भएको पारिवारिक श्रोतले जनाएको छ । कञ्चनरुप वडा नं. ८ मा पर्ने बेरियर चौकमा आयोजित अष्टयाम कार्यक्रम हेरेर फर्कने क्रममा तिव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिँदा टाउकोमा गम्भीर चोट लागेर अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएको ४ दिन पछि बुधबार उपचारकै क्रममा मृत्यु भएको आफन्तले बताएका छ्न । मृतकको शवलाई नोवेल अस्पताल मै शव परिक्षण गरि घर ल्याई हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरेको बुझिएको छ ।
सबै घटना ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरी क्षेत्रमा घटेको हो । झुन्डिएर आत्महत्या गरेका ३ वटै शवको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा शव परिक्षण गरि परिवारको जिम्मा लगाएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया