सिसिटिभि क्यामराकाे अभावले शान्ति सुरक्षामा समस्याः डिएसपी नेपाल

...

कञ्चनपुर, जेष्ठ १९ गते ।  ईलाका प्रहरी कार्यालय कञ्चनपुका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र नेपालले पालिका भित्र आवश्यक ठाउँहरुमा सिसिटिभि क्यामरा नभएको कारण अपराध नियन्त्रण र सडक दुर्घटनाका दोषि पहिचानमा समस्या हुने गरेको बताएका छन् ।
शनिबार स्थानीय संचारकर्मीहरु संग परिचयात्मक कार्यक्रममा डिएपी नेपालले सो कुरा बताएका हुन्  कार्यालयको प्रमुख समेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्र नेपालले ईलाका प्रहरी कार्यालय कञ्चनपुरको कार्यालयमा पत्रकारहरुलाई डाकी परिचय गर्दै समसामयिक बिषयमा छलफल समेत गरेका थिए ।
डिएसपी नेपाल  आफू सरुवा भई आएकै दिन देखी विभिन्न जटिल मुद्दा हरु रहेकोले तपाईंहरु(पत्रकारहरु)संग परिचय एवं भेटघाट गर्ने मन हुँदाहुदै पनि गर्न नसकेको तर ढिलो भए पनि आज गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो ।
परिचयात्मक कार्यक्रममा सप्तरी जिल्लालाई त्यसमा पनि आफू जन्मिए हुर्किएको ठाउँ कञ्चनपुरबाट विगत २२ बर्ष देखि पत्रकारिता तथा समाजसेवा गर्दै आईरहेको अवलोकित दैनिकका प्रशासक ÷ सम्पादक रहेका भोला पासवानले स्थानीय नदिनालाहरुबाट हुने गरेको गैरकानुनी बालुवा उत्खनन र तस्करी , सिमान्तीकृत समुदायको न्यायमा पहुँच ,जन समुदायहरुको प्रहरी प्रतिको सोच र प्रहरीलाई हेर्ने दृष्टिकोण लगायतका बारेमा छलफल गर्नु भयो । उहाँले सुरक्षाको दृष्टिकोणले संबेदनसिल रहेको र अनुसंधान कार्यको लागि  कञ्चनपुर क्षेत्रमा सि.सि. क्यामेराको जरुरी रहेको तर यहाँ लाखौंका सिसि क्यामेरा जडान भएको छ , काम लाग्ने एउटा पनि छैन । यदि ठाउँ ठाउँमा सिसि क्यामेरा जडान गरेको भए अस्ति मात्र सडक दुर्घटनामा मृत्यु भएकी कञ्चनरुप नगरपालिका वडा नम्बर ८ कि जयमाला देवि गुप्तालाई ठक्कर दिने मोटरसाइकलको पत्ता लाग्ने थियोे । त्यसैगरी पत्रकार पासवानले यहाँका अधिकांश युवाहरु लागू पदार्थको कुलत र दुर्व्यसनमा फसेकोले प्रहरीले अभियान चलाउनु पर्ने बताउदै यस अभियानमा हामी पत्रकारहरुले सक्दो सहकार्य गर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य तथा अपुर्व साप्ताहिकका प्रशासक सम्पादक राजकुमार पासवानले यस प्रहरी कार्यालयको ५० मिटरकै दुरीमा रहेका विभिन्न होटल तथा लाँजहरुमा दिनदहाडै खुलेआम हुने गरेको यौनजन्य क्रियाकलापको बारेमा प्रहरी  अनभिज्ञ बेखबर रहेको प्रती आश्चर्य  व्यक्त गर्दै यस्ता क्रियाकलापहरुले हाम्रो समाजमा विकृति पÞmैलिने बताए । 
पत्रकार डम्बर राईले प्रहरी र पत्रकार को सम्बन्ध नङ्ग र मासुको जस्तो हुनु पर्ने बताउदै अपराधीलाई कानूनको दायरामा ल्याएर कारवाही गर्न पछी नहट्नु पर्ने धारण व्यक्त गरे । 
पत्रकारहरु अनिल पोखरेल, बृजमान तामाङ्ग,मन्नु पासमान,किशोर पासमान,राजु शर्मा लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
डिएसपी नेपाल यहाँ आए देखि अपराध नियन्त्रण , पेण्डिङ्ग मुद्दाहरु माथि कारवाही द्रुतगतिमा भइरहेको छ । 
बैशाख २६ गते मात्र फत्तेपुर स्थित रहेको नेपाल बैंकका सुरक्षा गार्ड पर्शुराम फुयालको हत्यारालाई ३ दिन नबित्दै गुडिरहेको यात्रुवाहक बसमा हेटौंडाबाट पक्राउ गर्न सफल भएका थिए। यसलाई डिएसपी नेपाल र जिल्ला प्रहरीको ठूलो उपलब्धिको रूपमा लिएको छ ।
 

प्रतिक्रिया