सप्तरीको तिरहुत गाउँपालिकाले नै  बुझाए दिए सबै किसानको सिचाइ मिटरको विद्युत महसुल 

...

 कञ्चनपुर, जेष्ठ १९ गते । सप्तरीको तिरहुत गाउँपालिकाले आफ्ना पालिका का सबै किसानहरुको सिचाइ मिटरको बाँकी रहेको विद्युत महसुल शुक्रबार एक कार्यक्रमका बिच नेपाल विद्युत प्राधिकरण  कञ्चनपुर वितरण केन्द्रलाई बुझाएका छन् ।

तिरहुत गाउँपालिकामा रहेको सम्पूर्ण किसानको सिंचाई मिटरको आ.व. २०७९/०८० र २०८०/०८१ को हाल सम्मको बाँकी रहेको विद्युत महसुल  कञ्चनपुर वितरण केन्द्र का प्रमुख अरुण कुमार साहलाई   ९ लाख ६९ हजार ७ सय९० रुपैयाँ ९५ पैसा को चेक गाउँपालिका प्रमुख बिजय यादवले हस्तान्तरण गरेको पालिका का प्रमुख प्रशासकीय अधिकृत ललन यादवले बताउनु भयो ।
 अधिकृत यादवका अनुसार नेपाल कृषिप्रधान देश भएकोले किसानलाई सिचाइको सुविधा र कृषि उत्पादनमा वृद्धि होस भन्ने उद्देश्यले सम्पूर्ण किसानको हाल सम्म बाँकी रहेकोे विद्युत महसुल बुझाएको हो ।
वितरण केन्द्र कंचनपुरका प्रमुख अरुण कुमार साहले किसानको सिंचाई मिटरको विद्युत महसुल  पालिकाले बुझाएको  एतिहासिक कार्य  जिल्लामै पहिलो भएको भन्दै यसरी किसानको महसुल तिरिदिने जिल्लामै पहिलो पालिका भएको  उल्लेख्य गरे ।
उहाँले हार्मो कृषि प्रधान देश  कृषि क्रान्तिको बाटो तिर अग्रसर भएकोले सबैले किसान र कृषिलाई सहयोग गर्नु पर्ने वितरण केन्द्र प्रमुख साहले जानकारी भन्नु भयो 
गाउँपालिका प्रमुख विजय याद ले आफूपनि किसानको छोरा भएकोले किसानको दु:ख र समस्या बुझेकोले  तिरहुतका किसान आकाशे वर्षाको भरमा मात्र नपरी प्राधिकरण बाट  सिंचाई मीटर लिई सिंचाई मिटरको महसुल गाउपलिकाले नै तिरीदिने गरी उत्साह पूर्वक खेती गर्नु गर्नु हुन आग्रह गर्नु भयो । 
पालिका प्रमुख यादवले अगामी आ.व.मा  किसानलाई सुबिधा दिने यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया