‘फर्जी’बालमैत्री कञ्चनरुप नगरपालिकाको एक मात्र बाल उद्यान पनि संचालनमा आएन

  • कार्तिक ४, २0७६
  • 0
...

किशाेर पासवान

कञ्चनपुर,कार्तिक ४ गते । बालमैत्री नगरपालिका घोषणा भएको महिनौ भइसक्यो । तर नगरभरीमा एक मात्र बाल उद्यान अहिलेसम्म संचालनमा आएको छैन । 
    कञ्चनरुप नगरपालिका–१० बदगामा स्थित बाल उद्यान ब्यवस्थापन हुन नसक्दा संचालन हुन सकेको छैन । नगरपालिकाले २०७४÷०७५ मा नगरस्तरिय योजनाबाट वाल उद्धान ब्यवस्थापन तथा संचालनका लागी १० लाख योजनाको काम संचालनमा ल्याएका छैन ।
    गत आर्थिक वर्षमा बाल उद्यानका लागि नगरस्तरियबाट १० लाख रकम विनयोजन गरिएको थियो । तर नगरपालिकाले प्रक्रिया अगाडी नबढाई दिदा उक्त रकम खर्च हुन सकेन । कञ्चनरुप नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दिलिप चौधरीले उपभोक्ता समिति गठन हुन नसकेकोले वडा समितिको निर्णय अनुसार नगरपालिकालाई टेन्डर मार्फत काम सुरु गर्न नगरप्रमुख वसन्तकुमार मिश्रलाई पटक पटक आग्रह गर्दा पनि कुनै चासो नदिएको आरोप लगाए । वडाअध्यक्ष चौधरीले भने,‘नगर भित्र एक मात्र बाल उद्यान छ,गत भदौ १९ गते नगरपालिकालाई बाल मैत्री नगर घोषणा गरिएको छ । तर बाल उद्यान संचालनमा छैन,यो कस्तो बालमैत्री नगर हो ? ’ 
  

 वडाअध्यक्ष चौधरीका अनुसार नगर प्रमुख बसन्त कुमार मिश्रलाई भन्दा उहाँले बाल उद्यान उपयुक्त ठाउँ  नरहेको बताउँदै आएका छन् । वडाअध्यक्ष चौधरीले बाल उद्यान प्रत्येक वडाहरुमा हुनु पर्नेमा एउटे बाल उद्यान समेत विभिन्न वहाना बनाएर संचालन गर्न नसक्नुमा नगरपालिकाको कमजोरी रहेको बताए । कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले नियहरुलाई भेला गरी के गर्दा उपयुक्त हुन्छ सोही अनुसार आएको बजेट त्यसै बाल उद्यानमा लगाउने बताए । कञ्चनरुप नगरपालिकाले १९ गते नगरपालिकालाई ‘फर्जी’ बाल मैत्री नगर घोषणा गरेको विपक्षी लगायत नगरवासीको आरोप छ ।

प्रतिक्रिया