कञ्चनपुर, जेष्ठ २३ गते । मिथिला पार्टी प्यालेस कञ्चनपुर वेरियरको सभा हलमा हेल्लो सिस्टर वार्षिक समिक्षा तथा अन्तरक्रिया बैठक र महिला स्वास्थ्य स्वयँ सेविकाहरुलाई सम्मान कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
कञ्चनरुप नगरपालिका नगर कार्यपालिकाको कार्यालय बहुक्षेत्रिय पोषण ईकाइ कञ्चनपुरको आयोजना तथा कञ्चनरुपका नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा हेल्लो सिस्टर वार्षिक समिक्षा तथा अन्तरक्रिया बैठक एवम महिला स्वास्थ्य स्वयँ सेविकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा स्वास्थ्य शाखाका स–संयोजक तथा कार्यक्रम संचालक डम्वर प्रसाद गुप्ताले किशोरीहरुमा हुने रक्तअल्पता न्यूनिकरणको लागि आईरण वितरण कार्यलाई प्रभावकारी बनाउन हेलो सिस्टर संजाल मार्फत कार्य प्रारम्भ भएको,गर्भवति महिलाहरु संग मेयर कार्यक्रम संचालन भएका र नियमित रुपमा आमा समुहको बैठक संचालन भएको हेल्लो सिस्टर कार्यक्रमको नबिनतम प्रयासहरु रहेको बताए ।
स–संयोजक गुप्ताले भने भिटामिन ए र जुकाको औषधि बितरण,बालभिटा वितरण,जन्मिने वितिकै आमाको दुध खुवाउने र ६ महिना सम्म आमाको दुध मात्र खुवाउने,६ महिना पुरा भएपछि थप खाने कुरा खुवाउने क्ुपोषण मुक्त नगर घोषणाको लागि गरिने कृयाकलाप सम्बन्धि जानकारी गराउदै नमुना पोषण गाउँ बनाउने कार्यमा सहयोग,विद्यालय स्वास्थ्य तथा पोषण कृयाकलाप संचालन लगायतका बुन्दामा महिला स्वास्थ्य स्वयँ सेविकाहरुलाई प्रशिक्षण दिएका थिए ।
सो सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह,वडा अध्यक्षहरु,स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादव,जिल्ला जन स्वास्थ्य प्रमुख जागेश्वर यादव,स्वास्थ्यकर्मीहरु र विभिन्न बडाका स्वयँ सेकिाहरुको उपस्थिती रहेको कार्यक्रम संचालक गुप्ताले जानकारी दिएका छन ।
प्रतिक्रिया
EAwjdscQezgIZB
२0८१ असार ४ गते ३:५८
ovcNHAaEFVuwMXC
जवाफ दिनुहोस्
kdxNILwcruC
२0८१ असार १४ गते १८:५६
MzDtRJvbChmNkKp
kdxNILwcruC
२0८१ असार १४ गते १८:५६
MzDtRJvbChmNkKp
EAwjdscQezgIZB
२0८१ असार ४ गते ३:५८
ovcNHAaEFVuwMXC
जवाफ दिनुहोस्
OHxRGvdWBhbu
२0८१ असार १४ गते १८:५७
SXhYIivtFnRoTVq
OHxRGvdWBhbu
२0८१ असार १४ गते १८:५७
SXhYIivtFnRoTVq