जनमतले महेश प्रसाद यादवको ठाउँमा सतिश कुमार सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउदै

...

कञ्चनपुर, जेष्ठ २४ गते । जनमत पार्टीले महेश प्रसाद यादवको ठाउँमा सतिशकुमार सिंहलाई मधेश प्रदेश सरकारको मुख्यमन्त्रीको उम्मेदवार बनाउने भएको छ । 
पार्टीको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्दै सिंहलाई नेकपा एमाले ,नेकपा माओवादी केन्द्र लगायतको दलको समर्थनमा मुख्य मन्त्री बनाउन लागेको पार्टी स्रोतले जानकारी दिनुभयो ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र संगै नेकपा (ए. स.), नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीको समेत समर्थन रहेको छ । 
कुल १ सय ७ प्रदेश सभा सदस्य रहेकोमा मधेसमा बहुमतका लागि ५४ जनाको सदस्य आवश्यक छ ।  गठबन्धनले मुख्यमन्त्रीमा  ५५ सदस्यको समर्थन रहेको  दाबी पेस गर्ने तयारी गरिएको जनमतका सचिव विपि साहले बताउनुभयो ।
सिंह सप्तरी क्षेत्र नं. २ (क) बाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भएका थिए । सिंहलाई  मुख्यमन्त्री बनाउन गठबन्धन दलहरूले बहुमतसहित बिहीबार नै प्रदेश प्रमुख सुमिन्त्रा सुवेदी भण्डारी समक्ष दाबी पेस गर्ने तयारी भइरहेको पार्टी स्रोतले जानकारी गरएका छन् । 
गठबन्धन दलहरूले आ-आफ्ना दलबाट कति जना र क- कसलाई मन्त्री परिषदमा पठाउनेहरुको नाम आजै टुङ्गो लागेपछि सम्भवतः आज नै मुख्यमन्त्रीमा दाबी पेस हुन्छ । 
 मधेश प्रदेशसभाका अर्थ तथा योजना समितिका सभापति समेत रहेका सिंह स्थानीय निर्वाचन २०७४ मा तत्कालीन राजपाबाट सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भई सफलतापूर्वक आफ्ना कार्यकाल पूरा गरेका थिए ।
तर  २०७९ को स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट गाउँपालिकाको निर्वाचनमा अध्यक्ष पदमा  पराजित भए पछि जनमत पार्टीमा प्रवेश गरि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

ExrtwCQVXkqFhW

२0८१ असार १४ गते १८:५६

plkFRzYEn

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

ExrtwCQVXkqFhW

२0८१ असार १४ गते १८:५६

plkFRzYEn

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes