कञ्चनपुर, जेष्ठ ३० गते । कञ्चनरुप नगरपालिकाका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव रहेको पाइएको छ । स्वास्थ्य शाखाले आवश्यक औषधि उपलब्ध नगराउदा विरामीहरुलाई जाँच गरेर मात्र फर्काउन गरेको पाएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा स्थित रहेको स्वास्थ्य चोकीमा ६ महिना वित्दा समेत स्वास्थ्य शाखाले औषधि उपलब्ध नगराउदा विरामीहरुलाई जाच गरेर मात्र फर्काउन गरेको स्थानियहरुले
गुनासो गरेको हो । स्थानिय शंकर गोईतका अनुसार दुई दिन अगाडी मैले स्वास्थ्य चौकीमा एक जना मेरो आफन्तलाई डेरीया भएको विरामीलाई लिएर जादा एउटा जिवन जल सम्म चौकीमा उपलब्ध नरहेको यो भन्दा लज्जा अस्पद के होला र त्यस तर्फ जनप्रतिनिधिहरुको ध्यान जादैन गुनासो गरेको हो ।
उनले भने यो स्वास्थ्य चाौकीमा प्रयोगशाला ल्याब उपलब्ध रहेको छ तर प्रयोगशाला कामलायग नहेको र गलत ठाउमा दिएको बरु कुनै अर्को ठाउमा हुन्थ्यो भने घेरै सेवाग्राहि लाभान्बीत हुन्थ्यो र अहिले सम्म यस स्वास्थ्य चौकीमा सलाईन कसैलाई चडाएको पाएको छैन बताए ।
स्वास्थ्य चौकी बदगामाकी जनस्वास्थ्य निरिक्षक मम्ता यादवका अनुसार ७ खाले औषधि यस स्वास्थ्य चौकीमा मात्र रहेको छ जस्तै एमलोडिपीन,एमोसिलीन,सिप्रो जस्ता सात प्रकारका औषधिहरु कम मात्रामा मात्र उपलब्ध रहेको बताईन । उनले भनीन स्वास्थ्य चौकीमा औषधिको अभाव छ तर हामीलाई नगरपालिकाले हामीलाई उपलब्ध नगराएको यसमा हामी के गर्ने ? जबकी स्वास्थ्य संस्थाहरुका लागि ९८ प्रकारका औषधिहरु आउने गरेको छ,तर नगरपालिकाले औषधिकालागि टेन्डर खोलेको थियो त्यसमा ३ जना टेन्डर भरेको हुनु पर्ने २ जाना मात्र भरिएकोले त्यस कारण औषधि उपलब्ध नगराएको बताईन । स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवका अनुसार गत आर्थिक वर्ष २०७९÷०८० को औषधि अहिले सम्म कहाँ हुन्छ हामीले त यस आर्थिक वर्षमा स्वास्थ्यमा ६० लाख रहेको थियो तर लेखा अधिकृतले के गार्यो थाहै नभएको गुनासो गरेको हो ।
शाखा अधिकृतले भने ससक्त अनुदानको रकम छ हामीले टेन्डर खोलेको छु एक पल्ट राष्ट्रिय दैनिकमा टन्डरकालागि सुचना प्रकाशित गरेको थियो तर अहिले सम्मा २ जना मात्र टेन्डर भरेकोले कमतिमा ३ जना हुनु पर्ने पुनह सुचना प्रकाशित गरेको जानकारी दिएका छन ।
प्रतिक्रिया