कञ्चनपुर, असार १ गते ।सप्तरीको कञ्चनरुप नगरपालिकाको पुर्व पश्चिम लोकमार्गमा शनिवार यात्रुबाहक बसले किच्दा एक युवकको मृत्यु भएको छ ।
कञ्चनरुपको वडा नं.२ स्थित महादेवपट्टि चौकमा पुर्व बाट पश्चिम तर्पm गईरहेकोे प्रदेश नं.१–०१–००१ ख ४१४१ नम्बरको मुनाल नामको यात्रुबाहक बसले शनिवार दिउँसो १ बजेको समयमा सोही ठाँउ बस्ने देवलाल मुखियाको २७ बर्षिय छोरा उमेश मुखियालाई ठक्कर दिई घाईते बनाएको थियो ।
घाइते भएका युवकलाई उपचारको लागि कञ्चनरुप नगरपालिका वडा नं.१२ स्थित रहेको धर्मेश्वर हस्पिटल लगिएकोमा उपचारकै क्रममा सोही दिन दिउँसो १ः१५ बजे मृत्यु भएको प्रहरीले जानकारी गराउनु भयो । तिब्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई रहेको छ ।
घटना भए लगतै भेला भएका स्थानियहरुले घटनास्थलको छेऊमै रहेको सशस्त्र प्रहरी बल नेपाल दन्तकाली बिषेश कार्य तालिम शिक्षालय बरमझियासंग घाईतेलाई उपचार गर्नको लागि गाडी उपलब्ध गराई दिन आग्रह गरेपछि तत्काल गाडी उपलब्ध नगराई गाडीलाई खबर गरि दिएको बताएको शंकर यादव नामको फेसबुक मार्पmत आक्रोश ब्यक्त गरेका छन ।
आक्रोशित स्थानियहरुले केहिबेर होहल्ला गर्दे सशस्त्र प्रहरी तालिम केन्द्रमा ढुङ्खामुढा समेत गरेको स्थानिय मो.ऐनुलले बताए ।
बसका चालकलाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई सबारी ज्यान मुद्दामा अनुसंधान गरिरहेको प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी गराउनु भयो । मृतकको शवलाई पोस्ट मार्टमको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज लग्ने तयारी भईरहेको प्रहरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया