गृह मन्त्री गुहारदा समेत कञ्चनरुप ८की जयमाला गुप्ताको घटनाबारे अनुसन्धानले लिएनन् गति

...

कञ्चनपुर, असार २ गते । सडक दुर्घटनामा ज्याम गुमाएका परिवारजनले दोषी पत्ता लगाउन गृहमन्त्री रवि लामिछानेलाई गुहारदा समेत अनुसन्धानले गति नलिएको आरोप लगाएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर—फत्तेपुर सडकमा गत जेष्ठ ९ गते राति करिब ८बजे भएको मोटरसाइकल दुर्घटनाको अनुसन्धानमा ढिलाई भइरहेको पीडितका परिवारजनले आरोप लगाएका हुन्।
कञ्चनपुर बेरियरमा आयोजित अष्टजाम हेरेर फर्किने क्रममा मोटरसाइकले गुप्तालाई ठक्कर दिएर फरार भएका थिए । ठक्करबाट घाईते भएकी जयमाला गुप्ताको प्राथमिक उपचार कञ्चपुर नगर अस्पतालमा भएपश्चात विराटनगर सिथ्त नोबेल अस्पतालमा थप उपचारका लागि पठाएका थिए ।
उपचारकै क्रममै  घाईते जयमाला गुप्ताको गत जेष्ठ १५ गते मृत्यु  भएको थियो । दुर्घटना भएको तेस्रो साता बित्दा समेत प्रहरीले ठक्कर दिने मोटर साइकल र चालकलाई नियन्त्रणमा लिन सकेको छैन । मृतका जयमालाका छोरा डाक्टर तुलाकृष्ण गुप्ताले प्रहरीले अनुसन्धान प्रक्रियामा ढिलाई गरेपछि गत जेष्ठ २७ गते गृह मन्त्री रवि लामिछानेलाई पत्र लेख्दै प्रहरी प्रशासन र सरोकारबाला निकायबाट कुनै प्रकारको सहयोग नभई हालसम्म उक्त दुर्घनामा गराउने सवारी साधन पहिचान हुन नसकेको न्यायका लागि सहयोग गरिदिन अनुरोध गरेको छ । 
पीडित डाक्टर गुप्ताका अनुसार घटनाबारे सूक्षम अनुसन्धान जरुरी रहेपनि प्रहरीले सुरुवाती दुई साता कुनै अनुसन्धान अघि नबढाएको बताउँदै घटनामालाई गम्भिरतापूर्वक नलिएको बताए । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले घटनाबारे अनुसन्धान जारी रहेको बताए । उनले भने,‘ हामी घटना गराउने व्यक्तिलाई खोजी गर्ने काममा कुनै कसर बाँकी राखेका छैनौं, अनुसन्धानबाट दोषी उम्किन सक्दैनन् ।’  दोषी पत्ता लगाउन प्रहरीले अनाकानी गरे अनशन बस्न पनि पछि नपर्ने बताउँदै डाक्टर गुप्ताले घटनाबारे तत्काल निष्पक्ष अनुसन्धान गर्न जोड दिएका थिए ।  
घटनास्थलका प्रत्यक्षदर्शीहरुले निलो प्लस बाईकमा हाफप्यान्ट लगाएका मोटो व्यक्तिले मोटरसाइकल चलाईरहेको तर नम्बर पहिचान हुन नसकेको जनाउँदै आएका छन् । कञ्चनरुप नगरपालिकाभरीको सिसिटिभि फुटेज जाँच गर्ने काम प्रहरी र पिडित परिवारका व्यक्तिहरु लागि रहेका छन् ।


 

प्रतिक्रिया

oFcQvYmZCIPXBysD

२0८१ असार ४ गते ३:५८

jWEqpIVfaJtlvFc

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes

oFcQvYmZCIPXBysD

२0८१ असार ४ गते ३:५८

jWEqpIVfaJtlvFc

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes