कञ्चनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लापरबाहीका कारण दर्जनौं ब्यक्ति घाईते

...

कञ्चनपुर,असार ७ गते । कञ्चनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको लापरबाहीका कारणले भलब च्याम्वर पोईन्ट राखिएको हदमा लडेर भुपु हवल्दार सहित ५ जाना घाइते भएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ कंचनपुर स्थित रहेको कंचनपुर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कंचनपुर वेरियरको सार्वजनिक स्थलमा  भलब च्याम्वर पोईवान्ट राखिएको कारणले पैदल यात्रु तथा सर्वसाधारणहरुले आवतजावत गर्ने क्रममा लडेर घाइते भएका हुन् ।
उक्त भलब च्याम्वर पोईवान्ट हजमा घाईते हुनेमा कञ्चनरुप नगरपालिका ८ का पुनम मुखिया,भुपु हवल्दार सत्यनारायण साह लगायत ५ जना घाइते भएको स्थानीय ब्यापा।प् धिरेन्द्र पुर्वेले जानकारी दिएका छन् । ब्यापारी  पूर्वेले उक्त समस्याबारे कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तालाई घटनास्थल हेराउदा उहाँले यो काम आफनो कार्यक्षेत्रमा  नपर्ने जानकारी गराएको थियो । स्थानीय ब्यापारीहरुले हार गुहार गर्दा पछि एक हप्ता भित्र समस्या समाधान गरिदिने अश्वासन दिएपनि एक महिनाभन्दा बढी समय बित्दा समेत समस्या समाधान नभएको बताए । 
घाईते मध्येका एक कञ्चनरुप नगरपालिका १का सुनिल पंजियारले खानेपानी तथा सरसफाई उपभोक्ता कार्यालयमाथि मुद्दा गर्ने बताए । उनले भने,‘ मैले उपभोक्ताका अध्यक्ष भुवन केसीलाई सोध्दा उहाँले ठेकेदारले काम गरेर अधुरो छोडेको भन्दै पन्छिन खोजेको छ ।’ 
घाईते पंजियारले सबै घाईतेहरुलाई भेला गरेर सामुहिक रुपमा क्षतिपूर्तिका लागि मुद्दा हाल्ने बताए । 
अर्का घाईते पुनम मुखियाले भलब च्याम्वर पोईवान्ट हद तीन फिट गहिरो रहेको छ जसमा पानी भरिएको र माथी जमिन लेभल बराबर भलब च्याम्वर पोईवान्ट हदमा जमिन बराबर  फोहर थुप्रिएर राखिएको अवस्थामा रहेको हुदा जानेक्रम्मा लडेर खुट्टामा चोट लागि घाइते भएको बताईन ।
 

प्रतिक्रिया