सप्तरीको छुट्टा छुटै स्थानमा सडक दुर्घटनाः एक जनाको मृत्यु दुई जना घाईते 

...

कञ्चनपुर, असार ८ गते । 
सप्तरीको छुट्टा छुटै स्थानमा सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भन्ने दुई जना घाईते भएका छन् । 
हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोराको महुली पुल स्थित ना.५ख. ३६१९ नम्बरको यात्रुबाहक बस र पैदल यात्रीलाई ठोकिदा पैदल यात्रीलाई गम्भीर चोट पटक लागेर घटना स्थलमै मृत्यु भएका छन् ।
त्यसैगरी बेरियर चौक नजिक शनिबार दुई यात्रु बाहक बस एक आपसमा ठक्कर खादा दुई जना सख्त घाईते भएका छन् ।
बेरियरचौक भन्दा १०० मिटर पूर्व तर्फ पूर्व–पश्चिम लोममार्गमा बिराटनगरबाट बिरगंज तर्फ जादै गरेको ना.५ ख.११७६ नम्बरको यात्रुबाहक बस र सिन्धुलिबाट काकडभिट्टा तर्फ जादै गरेको मे.१.ख.१९९४ नम्बरको यात्रु बाहक बस एका आपसमा ठोकिदा २ जना घाईते भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार काकडभिट्टा जाने बसमा सवार सिरहा नगरपपालिका–१९ बस्ने ३० बर्षको प्रकाश चन्द्र सिंहको दाहिने हाथ भाँचिएको छ भन्ने धनुषा नगरपालिका–२ बस्ने मनोज कुमार यादवको दाँहिने हाँथ र छातिमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाईते दुबै जनाको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचार भई रहेकोमा सिंहलाई थप उपचारका लागि बिराटनगर स्थित नोबेल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी असार २ गते कञ्चनरुपको वडा नं.२ स्थित महादेवपट्टि चौकमा पुर्व बाट पश्चिम तर्फ गईरहेकोे प्रदेश नं.१–०१–००१ ख ४१४१ नम्बरको मुनाल नामको यात्रुबाहक बसले शनिवार  दिउँसो १ बजेको समयमा सोही ठाँउ बस्ने देवलाल मुखियाको २७ बर्षिय छोरा उमेश मुखियालाई ठक्कर दिई घाईते बनाएको थिए । 

प्रतिक्रिया