किशोर पासवान
कञ्चनपुर,कार्तिक ५ गते । कञ्चनरुप नगरपालिका ८ स्थित नेपाल विधुत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले छडके चेक जाँचबाट १६ लाख ३३ हजार ७ सय ५५ रुपैया राजश्व संकलन गरेको छ ।
विधुत चोरी चुहावट गरीएकाहरुबाट २०७६ साउन देखि हाल कार्तिक सम्मका नेपाल विधुत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रले छडके चेक जाँचबाट उक्त राजश्व संकलन गरेको हो ।
कञ्चनपुर वितरण केन्द्र अन्तर्गत कृष्णा सवरण गाउँपालिका,तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका,कञ्चनरुप नगरपालिका,महदेवा गाउँपालिका र हनुमान कंकालनी नगरपालिका रहेको नेपाल विधुत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख रोशन कुमार सिंहले बताएका हुन् ।
प्रमुख सिंहले भने विधुत चुहावट गर्ने ब्यक्तिहरुलाई विधुतबाट चल्ने फ्रिज,टिभी,मिटर,साउण्ड,पंखा जस्ता सामग्रीहरु नियन्त्रणबाट १६ लाख ३३ हजार ७ सय ५५ रुपैया राजश्व संकलन गरीएको बताए । चुहावट गर्नेहरुबाट लोड अनुसार युनिटको मुल्याङ्कन गरी एक वर्षको दोवर जरीवना तिर्नु पर्ने बताए ।
प्रतिक्रिया