कानून बिपरीत कञ्चनरुपले उपप्रमुखलाई पाखा लगाउँदै ल्याए नीति तथा कार्यक्रम : उपप्रमुखले कानुनी उपचार खोज्ने

...

कञ्चनपुर,असार १० गते ।
कञ्चनरुप नगरपालिकाले सोमबार कानून बिपरीत १०औं नगरसभा आयोजना गरेर नीति तथा कार्यक्रम ल्याएको छ ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह रौनियारले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को बिपरीत नीति तथा कार्यक्रम ल्याएका छन् ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह रौनियारले कञ्चनरुप नगरपालिकाकी उपप्रमुखको अधिकार खोस्दै कानून बिपरीत नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
महालेखापरीक्षकको कार्यालय काठमाडौंले कञ्चनरुप नगरपालिकाको आर्थिक बर्ष २०७९÷८०को अन्तिम लेखा परिक्षण प्रतिबेदनको बुदाँ नम्बर ५ र ६मा कानुन अनुसार नीति तथा कार्यक्रम ल्याउन दिएको निर्देशन समेतलाई लत्याउँदै नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नीति तथा कार्यक्रम ल्याएका छन् ।  
महालेखापरीक्षकको कार्यालय काठमाडौंले कञ्चनरुप नगरपालिकाको आर्थिक बर्ष २०७९÷८०को अन्तिम लेखा परिक्षण प्रतिबेदनको बुदाँ  ६मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७(१) मा ४ सदस्यीय बजेट तथा कार्यक्रम तर्जुमा  समिति गठन गरी अगामी बषएको नीति तथा कार्यक्रम,बजेट तथा कार्यक्रम,कार्यक्रमको प्राथमिकरण,विषय क्षेत्रगत कार्यक्रम,योजना तथा कार्यक्रममा दोहोरोपन हुन नसदई आपसी तादाम्यता तथा परिपूरकता कायम गर्नुपर्नेमा कायम गरेको समेत नदेखिएकोले बजेट तर्जुमा गर्दा ऐनमा भएको व्यवस्थाको परिपालननामा ध्यान दिनुपर्ने उल्लेख छ ।
तर कञ्चनरुप नगरपालिकाको नगर प्रमुखमा गुप्ता बिजय भएपछिको तीन आर्थिक बर्षमा नै छापामार शैलीमा कानून बिपरीत नीति तथा कार्यक्रम र बजेट ल्याउँदै आएका छन् । स्थानीय तहले वार्षिक बजेट निर्माण गर्दा विभिन्न १० चरणबाट गुज्रिनुपर्छ । जस अनुसार, पहिलो चरणमा पुस मसान्तभित्र आय–व्ययको प्रक्षेपण नेपाल सरकारसमक्ष पेश गर्नुपर्छ । दोस्रो चरणमा फागुनभित्र संघबाट र चैतभित्र प्रदेशबाट वित्तीय हस्तान्तरणको सीमा प्राप्त गर्नुपर्छ ।
तेस्रो चरणमा राजस्व परामर्श समिति र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले वैशाख १० भित्र आफ्नो काम सम्पन्न गर्नुपर्छ । चौथो चरणमा वडा र विषयगत शाखा÷महाशाखा लगायतलाई बजेटको सिलिङ पठाउनुपर्छ । तर उपप्रमुख मुना पोखरेलले विगत चार महिनादेखी  राजश्व परार्मश समितिको बैठक राख्न र आवश्यक सूचना माग्दा समेत नगर प्रमुख गप्ता र प्रमुख प्रशासकीय अधिकृत रौनियारले नदिएर सूचनाको हकबाट समेत बञ्चित गरेको छ । उपप्रमुख मुना पोखरेलका अनुसार नीति तथा कार्यक्रम ल्याउने दिन विहान ९ बजे प्रमुख प्रशसाकीय अधिकृतले कार्यक्रममा आउन आग्रह गरेको बताउँदै भनिन,‘ मैले कानून अनुसार राजश्व परार्मश समिति,बिषयगत समिति र वडाहरुको सिलिङ्ग अनुसार योजना आएपछि मात्रै कार्यक्रम गरौं भन्दा उहाँहरुले कानून बिपरीत सभा गरेकोले म कार्यक्रममा बहिष्कार गरे ।’ उपप्रमुख पोखरेलले कानून बिपरीत आफनो अधिकार खोस्ने र नीति,कार्यक्रम र बजेट निमार्णमा जनताको सहभागिता कटौती गर्ने बिरुद्ध आपूm माथिल्लो निकायसम्म लड्ने जानकारी दिएकी छिन् । 
नीति तथा कार्यक्रममा बोल्दै नगर प्रमुख ललन प्रसाद गुप्ताले नीति तथा कार्यक्रम पढ्ने जिम्मेबारी उपप्रमुखको भएपनि उहाँ कार्यव्यस्तताले नआएपछि वडा नम्बर ८का वडाअध्यक्ष कृष्णा प्रसाद साहले प्रस्तुत गरेको जानकारी गराएका थिए ।
 

प्रतिक्रिया