कञ्चनपुर,असार १० गते । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमण घटनाका दोषीलाई बचाउन आफनो कुनै भूमिका नरहेको जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादवले जनाएको छ ।
‘घटनामा मेरो संसुरालीका व्यक्तिहरुको संलगनता हुन बितिकै मलाई र मेरो पार्टीलाई जोडर मिडियामा आएको कुरामा सत्यता छैन ।’ अवलोकितसँग कुरा गर्दै जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेश यादबले भने,‘ घटनामा मेरा ससुरालीका व्यक्तिहरु संलग्न छ । तर यो घटनाका दोषीलाई बचाउन मेरो कुनै भुूमिका छैन । मलाई र पार्टीलाई जोडेर मिडियामा लगाइएको आरोप सरासर गलत हो ।
उक्त घटनामा महेश यादबको साला,विवेक यादब र निरज यादबको प्रत्यक्ष संलग्नता रहेको पीडितले जनाएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो । उक्त घटनाका पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भिर घाईते बनाएको बताएका छन् ।
आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा दलित संगठनलेसमेत सो कुराको दाबि गरेका छन् । ठाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे,“हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ।” अक्रमण भएलगत्तै प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादब लागेको पासवानले आरोप लगाएका थिए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको पत्रकार सम्मेलनमा जनाए ।
घटनामा जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेश यादबका साला,विवेक यादब र निरज यादबको प्रत्यक्ष संलग्नता रहेको पीडितले जनाएको छ । मधेशमा नेता यादबको दबदबाहट भएकोले पीडितले न्याय नपाउने निश्चित भएकोले केन्द्र सरकारले हस्तक्षेप गरेर पीडकलाई हदैसम्मको कारबाही गर्न माग गर्दै पासमानले भने,“दलित र गरिबको पक्षमा लड्ने प्रचण्ड सरकारले पीडितको सुरक्षा, क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्छ ।”
के हो सप्तरीमा पासमान परिवारमाथि सांघातिक आक्रमणको घटना ?
सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर अक्रमण गरेको थियो ।
करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाई हरि सुदन यादव रोशन यादव, निरज यादव, राम यादव, विवेक यादव, ऋषि यादव, रोहित यादव लगायत ११–१२ जनाको समुहले खुकुरी, लाठी, चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान, रितु पासमान,राखि पासमान, लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएको छैन ।
सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर रहेको र उनिहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ ।
प्रतिक्रिया