सप्तरीका १८ पालिकामध्येका १३ पालिकाले ल्याए असार १० गते बजेट

...


कञ्चनपुर,असार ११ गते । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ–आफ्ना गाउँ÷नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार  सप्तरीका १८ पालिकाले १३ ओटा पालिकाले तोकिएकै दिन बजेट ल्याएका छन् ।
सप्तरीका ९ नगरपालिकामध्ये हनुमानगर कंकालीनी,राजविराज र डाक्नेश्वरी नगरपालिका र ९ गाउँपालिकामध्ये राजगढ र बलान बिहुल गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन नसकेको हो ।  सप्तरीका कुल १८ मध्ये १३ पालिका अर्थात ७३ प्रतिशत पालिकाले समयमा बजेट ल्याएका छन् ।
९३ प्रतिशत गाउँपालिकाहरुले बजेट ल्याए ः
नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ–आफ्ना गाउँ÷नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार ४ सय ६० गाउँपालिका मध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले आषाढ १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश सभामा भएको विवरण प्राप्त भएको छ । बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।  
स्थानीय सरकारमा दोश्रो कार्यकालका जनप्रतिनिधिहरुको यो तेस्रो नीति तथा कार्यक्रम र बजेट हो । आज देशैभर उत्साहजनकरुपमा सभामा बजेट पेश भएका छन् । आज बजेट पेश गर्न नसकेका गाउँपालिकाहरुमा अध्यक्ष अस्वस्थ्य भै कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको पाइएको छ । आज पेश गर्न नसकेका गाउँपालिकाहरुले केही दिनमा नै सभा शुरु गर्ने जानकारी प्राप्त भएको छ ।
त्यसैगरी २९३ नगरपालिकामध्ये २७५ नगरपालिकाले बजेट ल्याएको नगरपालिका महासंघले जनाएको छ । कुल नगरपालिकामध्ये ९४ प्रतिशतले समयमै बजेट ल्याएका छन् । बजेट ल्याउन नसक्ने १८ नगरपालिकामध्ये सबैभन्दा धेरै मेधश प्रदेशका १२ ओटा नगरपालिका रहेका छन् ।
 

प्रतिक्रिया