अनिश शेख
कञ्चनपुर, असार १२ गते ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं १ अन्तर पर्ने महुली बाँध गत राती अविरल बर्षाका कारण भत्किएपछि
बैरवा जलमंष्न भएका छन् ।
बुधबार बिहन करिब ६ बजे बाँध भत्किएपछि कञ्चनरुप नगरपालिका १ बैरवा जलमंगलन भएका हुन् । पुल निर्माण गर्ने सिराहा बिस्नुपुर गाउँपालिकाका इन्जिनियर संतोस कुमार कामतीका अनुसार महुली बाँध भत्केर बााढी पस्दा एउटा मिक्सचर मेसिन समेत बगाईएको छ । उक्त मिक्सचर महुली पुल बनाउने कार्यमा प्रयोग भईरहेका थिए ।
करिब २०० मिटर बाँध भत्किएर अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ एक स्थानीय मसरुफ शेखले बताए । महुली खेलाको पानीले कंचनरूप वडा नम्बर १ बैरवा र हनुमान कंकालिनी नगरपालिका वार्ड नंः३ पोर्ताहा मा धेरै सडकहरूमा क्षति पुर्याएको छ । बाढीले भर्खरै रोपेका विगहौंको बाली र गाउँ समेत डुवानमा परेको छ ।
कञ्चनरुप नगरपालिका ९,११,३,७ र ६ नम्बर बडा समेत प्रभावित भएका छन् । कञ्चनरुको वडा नम्बर ९को रघुनाथपुर,११को मुसहरी टोल समेत प्रभावित भएका छन् ।
पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यसै गरी गए रातिदेखिको निरन्तरको वर्षाका कारण सप्तरीको रुपनी गाउँपालिका–१ मा रहेका ३० भन्दा बढी घरमा बाढी पसेको छ । खाँडो खोलामा बाढी आउँदा बस्तीमा पसेको रुपनी–१ का पूर्ववडाध्यक्ष पिताम्वर यादवले जानकारी दिनु भयो । रुपनी गाउँपालिकामा रहेको जलमापन केन्द्रले बिहान ५ बजेको समयमा नदीमा खतराको संकेत पार गरेको जनाए पनि अहिले केही घटेको बताइएको छ । अविरल वर्षाले राजविराजका दुई दर्जन बढी घर पनि डुबानमा परेका छन् ।
सप्तरीका १८ पालिकामध्येका १३ पालिकाले ल्याए असार १० गते बजेट
कञ्चनपुर,असार ११ गते । नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ–आफ्ना गाउँ÷नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार सप्तरीका १८ पालिकाले १३ ओटा पालिकाले तोकिएकै दिन बजेट ल्याएका छन् ।
सप्तरीका ९ नगरपालिकामध्ये हनुमानगर कंकालीनी,राजविराज र डाक्नेश्वरी नगरपालिका र ९ गाउँपालिकामध्ये राजगढ र बलान बिहुल गाउँपालिकाले तोकिएको समयमा बजेट ल्याउन नसकेको हो । सप्तरीका कुल १८ मध्ये १३ पालिका अर्थात ७३ प्रतिशत पालिकाले समयमा बजेट ल्याएका छन् ।
९३ प्रतिशत गाउँपालिकाहरुले बजेट ल्याए ः
नेपालको संविधान र संघीय कानुन बमोजिम स्थानीय सरकारहरुले आगामी आ.व. को नीति तथा कार्यक्रम र बजेट आषाढ १० गते भित्र आ–आफ्ना गाउँ÷नगर सभामा पेश गरिसक्नु व्यवस्थाअनुसार ४ सय ६० गाउँपालिका मध्ये ४ सय २९ अर्थात ९३ प्रतिशत गाउँपालिकाहरुले आषाढ १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश सभामा भएको विवरण प्राप्त भएको छ । बाँकी ३० वटा गाउँपालिकाहरुमा सभाको अधिवेशन नै शुरु हुन सकेको छैन भने एउटा गाउँपालिकामा सम्पर्क हुन सकेको छैन ।
स्थानीय सरकारमा दोश्रो कार्यकालका जनप्रतिनिधिहरुको यो तेस्रो नीति तथा कार्यक्रम र बजेट हो । आज देशैभर उत्साहजनकरुपमा सभामा बजेट पेश भएका छन् । आज बजेट पेश गर्न नसकेका गाउँपालिकाहरुमा अध्यक्ष अस्वस्थ्य भै कार्यक्षेत्र बाहिर रहनु, प्रमुख प्रशासकीय अधिकृतको अनुपस्थिती, जनप्रतिनिधिबीच आपसी द्वन्द्व, बजेट विनियोजनमा विवाद तथा तयारी गर्न समय नपुगेको लगायतका कारण रहेको पाइएको छ । आज पेश गर्न नसकेका गाउँपालिकाहरुले केही दिनमा नै सभा शुरु गर्ने जानकारी प्राप्त भएको छ ।
त्यसैगरी २९३ नगरपालिकामध्ये २७५ नगरपालिकाले बजेट ल्याएको नगरपालिका महासंघले जनाएको छ । कुल नगरपालिकामध्ये ९४ प्रतिशतले समयमै बजेट ल्याएका छन् । बजेट ल्याउन नसक्ने १८ नगरपालिकामध्ये सबैभन्दा धेरै मेधश प्रदेशका १२ ओटा नगरपालिका रहेका छन् ।
प्रतिक्रिया