हनुमान नगर कंकालिनीका नगरपालिका ३का २५ घर बाढी पीडितको बिजोग

...

कञ्चनपुर,असार १३ गते ।

अविरल बर्षासंगै महुलीको बान्द भत्केर  आएको बाढी बस्तीमा पसेर डुवानमा परेपछि हनुमाननगर कंकालिनी नगरपालिका ३ का २५ घर परिवार  बाढी पीडित परिवार विचल्ली परेको छ ।  हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित तटबन्ध सतहमाथिबाट बाढी गाउँ पसेपछि पुरै बस्ती नै जलमग्न भएका छन । 

स्थानीय लोचन मरिक , गुल्मी मरिक, जग्दिस मरिक, नारायण मरिक, सभापैत मरिक, संदिप मरिक, चंतर मरिक, शंकर मरिक, अशोक मरिक, उपेन्द्र मरिक, रमेश मरिक, संजय मरिक, विरेन मरिक, बिन्दल मरिक, जोगिन्द्र मरिक, महिन्द्र मरिक, शम्भु मरिक, उमेश मरिक, प्रमोद मरिक, सुरेन मरिक, मुसहरु यादव , सत्यनारायण यादव , बिजली देवि यादव, रेनु कुमारी यादव, बिशो यादव,  लगायत २५ घर जलमग्न हुँदा सयौं ब्यक्ति विचल्लीमा परेका छन् । 

बाढीले खाद्यान्न, लत्ताकपडा लगायतका उपभोग्य बस्तु भिजेर काम नलाग्ने भएको पीडित ललिता मरिकले  बताईन । बाढी पसेर घर डुवानमा परेपछि चुल्हो बाल्न समेत समस्या उत्पन्न भएको उनले दुखेसो पोखे ।
 

प्रतिक्रिया