मन्त्री र पूर्व योजना आयोगका सदस्यद्धारा बाढी पीडित क्षेत्रको अनुगमन

...


कञ्चनपुर, असार १३ गते ।  
पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत र मधेश प्रदेश सरकार मन्त्री सकिल अलीले अबिरल वर्षाका कारण सप्तरीको कञ्चनरुप, त्रिहुत, रुपनी हनुमानगर कंकालिनी लगायतका पालिकाहरुमा भीषण कटान र डुबानको स्थलगत अनुगमन गरेको छ ।
कञ्चनरुप र हनुमानगर कंकालिनी नगरपालिका र तिरहुत गाउँपालिका विभिन्न ठाउँमा नदी र खहरे खोलामा आएको बाँढीले गरेको क्षतिबारे अस्थलगत अनुगमन गरेको हो । अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको छ ।
निरन्तरको वर्षा पछि सप्तरी को अधिकांश स्थान जलमग्न बनेका छन् । महुली खेला , सुन्दरी खोला, बनदरा खोला, पौडा खोला अन्य बिभिन्न सानो सानो खोलाको  पानीले कञ्चनरूप वडा  नम्बर १ बैरवा, वडा नम्बर ११ , ९, ७, ६ ,१२ ,८ र तिरहुत ग.पा.वर्डा नः१ र ह.क.न.पा.३ पोर्ताह लगायतका का धेरै  सडकहरु मा पनी  क्षतिग्रस्त हुनुका साथै गाउँहरू समेत डुबानमा परेका छन् । महेन्द्र राजमार्ग मा पनी क्षति पुर्याएको छ ।
मन्त्री र योजना  आयोगका सदस्यले स्थलगत रुपमा अनुगमन गर्दै नदी नियन्त्रणका लागि पहल गरेको जनमतका कञ्चनरुप नगर अध्यक्ष अनिल पंजियारले बताए । 
पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जयकान्त राउतले समाजिक संजालमा लेखेका छन्,‘मनसुनी प्रकोपको कारण हरेक वर्ष मृत्यु र क्षतिका घटनाहरू बृद्धि हुँदै गएको पाइन्छ, तर प्रतिकार्य  पीडितलाई राहत र क्षतिपूर्ति दिने कुरामा मात्र सीमित हुनुहुँदैन  ।’


 

प्रतिक्रिया