कञ्चनपुर, असार १४ गते ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साहले शुक्रबार अबिरल वर्षाका कारण हनुमानगर कंकालिनी वडा नम्बर ३मा कटान र डुबानको स्थलगत अनुगमन गरेको छ ।
हनुमानगर कंकालिनी नगरपालिका ३ स्थित गिद्धखोरा,महुली बाँध छेऊको डोम बस्ती र पोर्तहामा स्थलगत अनुगमन गरेको छ । विभिन्न ठाउँमा नदी र खहरे खोलामा आएको बाँढीले गरेको क्षतिबारे अस्थलगत अनुगमन गरेको हो । अबिरल वर्षाका कारण सप्तरीको कतिपय स्थान जलमग्न भएको छ । वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको छ ।
मन्त्री साहले स्थलगत अवलोकनका क्रममा संघीय र प्रदेश सरकारसँगको सहकार्यमा नदी नियन्त्रण गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । निरन्तरको वर्षा पछि सप्तरी को अधिकांश स्थान जलमग्न बनेका छन् । महुली खेला , सुन्दरी खोला, बनदरा खोला, पौडा खोला अन्य बिभिन्न सानो सानो खोलाको पानीले कञ्चनरूप वडा नम्बर १ बैरवा, वडा नम्बर ११ , ९, ७, ६ ,१२ ,८ र तिरहुत ग.पा.वर्डा नः१ र ह.क.न.पा.३ पोर्ताह लगायतका का धेरै सडकहरु मा पनी क्षतिग्रस्त हुनुका साथै गाउँहरू समेत डुबानमा परेका छन् । महेन्द्र राजमार्ग मा पनी क्षति पुर्याएको छ । कञ्चनरुपमा विभिन्न खोलामा आएको बाँढीले सयौं विगहा धान खेत बगरमा परिणत भएको छ ।
प्रतिक्रिया