किशोर पासवान
कञ्चनपुर,कार्तिक ६ गते । कञ्चनरुप न.पा. १ स्थित बैरवामा बाढी पिडितको राहत रकममा अनियमितामा छानविन तथा अनुग्मन समिति द्वारा कुनै निष्र्कस तथा प्रतिक्रया दिएकोे छैन ।
गत साउनको पहिलो साता परेको अबिरल वर्षाका कारण नगरपालिकामा १ सय २१ जनाको घर पूर्णरुपमा क्षति भएको बाढी पिडितको राहत रकममा अनियमिता भएको सम्बन्धमा नगरपालिकाले छानविन तथा अनुगमन समिति गठन गरिएको समिति अहिले सम्म कुनै निष्र्कस तथा प्रतिक्रया नदिएको स्थानीय रामदेव यादवको आरोप रहेको छ ।
कञ्चनरुप नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई ५ हजार १ सय र आंशिक क्षति भएका परिवारलाई दुई हजार एक सय रकम राहत स्वरुप वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार पिडितहरुले पाउने रकममा प्रति परिवार ६ सय रुपैया वडासचिव र जनप्रतिनिधिहरुले लिएको आरोपमा पटक पटक नगर प्रमुख बसन्त कुमार मिश्र तथा प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम ढकाल समेतलाई भन्दा भन्दै आलटाल गर्दै आईरहेको यादबको भनाई रहेको छ ।
कञ्चनरुप नगरपालिकाका सुचना अधिकारी तथा छानवीन अनुगमन समितिका संयोजक जगन श्रेष्ठले वडासचिव र जनप्रतिनिधिहरु संग हामी एक पल्ट वडा कार्यालयमा सबै जना बसी छलफल भएको त्यस केही नभएको गर्भी पंजियारले बताएका थिए ।
श्रेष्ठले भने वडासचिवले अनियमिता गरेको छ भने यस विष्यमा कुरो भईरहेको बताए ।
प्रतिक्रिया