मानव वन्यजन्तु द्धन्द्ध न्युनिकरण र चरिचरण नियन्त्रणका लागि संघीय वन तथा वातावरण मन्त्री साहद्वारा वृक्षारोपन

...

कञ्चनपुर,असार १४ गते ।

मानव वन्यजन्तु न्युनिकरण र चरिचरण नियन्त्रणका लागि राष्ट्रिय वृक्षारोपण दिवस, २०८१ को अवसरमा संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले कोशी टप्पुवन्यजन्तु आरक्ष कार्यालय सुनसरी कुशहाको कार्यालय परिसरमा वृक्षारोपन कार्यक्रमको सुरुवात गरेको छ ।
शुक्रबार मन्त्री साहले अमलाको विरुवा रोप्दै राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपन कार्यक्रमको सुरुवात गरेका थिए । उक्त अवसरमा मन्त्री साहले मानिसको अस्तित्व बचाइराख्न वृक्षारोपण गरेर आफ्नो वरिपरिको वातावरण हराभरा बनाउनुको विकल्प नरहेको बताए । प्राकृतिक स्रोत साधनहरूको चरम दोहनले वातावरणमा अतिवृष्टि र अनावृष्टिको समस्या देखिएको मन्त्री साहले  बताए ।
वातावरणमा समस्या आउँदा हरेक जीवको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन सक्ने भएकाले आफ्नो वरिपरिको खालि तथा सार्वजनिक जग्गाहरूमा वृक्षारोपण गर्नुको विकल्प नरहेको मन्त्री साहले धारणा राख्नु भयो ।
कार्यक्रममा कोशी टप्पुवन्यजन्तु आरक्ष कार्यालय सुनसरी कुशहाका निम्ति वार्डेन रमेश यादब,पत्रकार भोला पासवान लगायत लगायत ५० जनाको सहभागिता थियो । वृक्षारोपन कार्यक्रममा राष्ट्रपति चुरे संरक्षण र राष्ट्रिय प्रकृतिक संरक्षण कोष तथा टप्पुवन्यजन्तु आरक्ष को आयोजनमा सम्पन्न भएको छ । 
 

प्रतिक्रिया