संघीय सरकारका वन तथा वतावरण मन्त्री साहको पहलमा सप्तरी क्षेत्र १का ५ विद्यालयमा ५ करोड बजेट 

...


कञ्चनपुर,असार १५ गते ।
नेपाल सरकारको वन तथा वतावरण मन्त्री नवलकिशोर साह (रामबाबु)ले आफुले जितेको क्षेत्रमा आफनो मन्त्रालयबाट मात्रै नभएर अरु मन्त्रालयबाट समेत सप्तरी क्षेत्र नम्बर १का लागि बजेट ल्याएको बताएका छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुर र आधारभुत विद्यालय बरमझियाले शनिबार छुटा छुटै कार्यक्रम आयोजनामा गरी मन्त्री साहको स्वागत तथा सम्मान  गरेको थियो ,
सर्वोदय माबिको कार्यक्रमलाई प्रमुअ अथितिको आसनबाट सम्बोधन गर्दै मन्त्री साहले भने,‘जन्म त मेरो बुवा आमाले दिएको छ तर मन्त्री बनाउन तपाई जनताहरुको देन हो ।’ संसारमा सबै भन्दा महत्वपूर्ण मन्त्रालय बतावरण हो तर हाम्रोमा दुरभाग्य कमजोर मन्त्रालयको रुपमा हेर्छ तर मैले वन तथा वतावरण मन्त्री पाएको गर्भ गर्छु ।’
सर्वाेदय मा.वि.लाई नमुना विद्यालय बनाउनका लागि कम्तीमा २ विघा जग्गा हुनु पर्ने नेपाल सरकारको प्राबधान नै रहेको छ तर तपाईहरु प्रक्रियामा जानुस म प्रयास गर्छु ।’ मन्त्री साहले सहरी विकास मन्त्रालयसँग पहल गरेर कञ्चनरुप नगरपालिका स्थित सर्वोदय माबि,जनता आधारभूत विद्यालय बरमझिया,सप्तकोशी स्थित गोबज मात्रि,मधवापुर स्थित मावि विद्यालय र हनुमाननगर स्थित माबि विद्यालयमा गरी ५ ओटा विद्यालयलाई ५ करोड रुकम बिनयोजन गराएको बताए ।
अहिलेको शिक्षा क्षेत्र धरासाही हुनुमा विद्यालयका शिक्षकहरुको मात्र दोष दिएर उम्किन नमिल्ने बताउँदै अभिभावक र स्थानीय पालिकाहरु समेत दोषी रहेको छ ।
विद्यालयमा विद्यार्थी ६ घण्टा बिताउँछन तर तर अभिभावकहरुसँग १८ घण्टा बिताउँछन । मन्त्री साहले भने,‘ घरमा बालबच्चाहरुलाई कम्तीमा ४ घण्टा घरमा पढाए मात्रै बालबच्चाको भविष्य उज्लल हुन्छ ।’
वरिष्ट पत्रकार भोला पासवानले कतिपय कुरा शिक्षकहरुले पनी गर्न सकिन्छ र कति पय कुरा समन्वय गरेर जानुपर्ने हुन्छ । तर कञ्चनरुप नगरपालिकाका अहिले नेतृत्वकर्ताको कुनै भिजन छैन । 
यस कञ्चनरुप नगरपालिकामा विद्यार्थीहरुका लागि आउने गरेको दिवाखाजाका लागि आएका रकम फ्रिज हुने गरेको छ र यसमा विद्यालय प्र.अ.हरुको पनी कमीकमजोरी रहेको छ ।  छिमेकी नगरपालिकामा नेपाल सरकारले दिवाखाजाका लागि १५ रुपैया दिने गरेको छ भने त्यसमा पालिकाले १० रुपैया थप गरी २५ रुपैया बरावरको दिवाखाजा खुवाउने गरेको बताए ।तर हाम्रो पालिकाले केन्द्रबाट आएको बजेट समेत फ्रिज गर्ने गरेको छ ।
पत्रकार पासवानले भने ‘स्थानिय सरकारको लपारवाहिका कारणले गर्दा शिक्षा कमजोर भएको आरोप लगाए । कञ्चनरुप नगरपालिकामा व्यपारी संग अन्याय भैईरहेको छ भने सम्पूर्ण व्यापारीहरु अगाडी आउनु पर्ने पत्रकारले मात्र अवाज उठाएर हुदैनन् ।’
 अहिले पालिकाले विद्यालय व्यवस्थापन समितीका गठनका लागि सुचना प्रकाशित गरेको  छ तर धान रोपाईको सिजनमा कुन अभिभावकहरु विद्यालयमा व्यवस्थापन समिती गठनका लागि आउँछन् ? प्रश्न गर्दै पत्रकार पासवानले कञ्चनरुप नगरपालिका शिक्षा ऐन संघीय ऐन संग बाझिएकाले समिति गठन भएपनि अबैधानिक हुने बताए ।
उक्त कार्यक्रमम सर्वाेदय मा.वि.का पूर्व शिक्षक तथा व्यवस्थापन समिती अध्यक्ष बुद्धिसागर चौधरी, कञ्चनपुर व्यापारी संघका पूर्व अध्यक्ष श्यामसुन्दर गुप्ता लगायतले आ–आफनो मंत्वय ब्यक्त गरेका थिए  ।
सर्वाेदय माध्यमिक विद्यालयको प्रअ तरानन्द मलिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सरीता पौडेल गरेकी थिइन । अधारभुत विद्यालय बरमझियाको प्रअ राजेश्वर प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन जसपाका नेता चितरंजन यादबले गरेका थिए ।
 

प्रतिक्रिया