जनकपुरधाम, असार १५ गते।
मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले शिक्षामा सबैको पहुँच र बिधालयमा बिद्यार्थीलाई टिकाई रहनको लागि गरिब,विपन्न विद्यार्थीहरुका अभिभावकलाई मासिक रूपमा खाद्यान्न उपलब्ध गराउने निति बनाईरहेको भन्दै चाडै नै संचालनमा ल्याउने बताउनु भएका छन ।
शिक्षा विकास निर्देशनालय मधेस प्रदेशद्वारा जनकपुरमा आयोजित "विद्यार्थी भर्ना तथा टिकाउ दर सम्बन्धि चुनौती र समाधानका उपाय" बिषयक प्रदेश स्तरीय वृहत् शिक्षा सम्बन्धि २ दिने अन्तरक्रियाको शनिबार समापन गर्दै मन्त्री लेखीले यस्तो बताएका हुन ।
मन्त्री लेखीले गरिब,बिपन्न र दलित समुदायका विद्यार्थीहरुका अभिभावकलाई प्रती महिना ५० किलोग्राम चामल , ५ किलोग्राम दाल लगायतका खाद्यान्न दिने गरि निति बनाईरहेको बताए ।
दलित,विपन्न गरिब परिवार सामुदायिक बिधालयमा पढ्ने अधिकांस विद्यार्थीहरु दलित,विपन्न गरिब परिवारका भएकाले पेट भरी खान नपाएर तथा आर्थिक अभाव कारण बिधालय छाड्न बाध्य हुनु परेकोले यस्ता विद्यार्थीहरुलाई बिधालयमा टिकाई राख्न र सबैलाई अनिवार्य र निशुल्क शिक्षा सहजरूपमा प्रदान गर्ने राष्ट्रको निति नै रहेकोले यो कार्यक्रम संचालन गर्न लागेको मन्त्री लेखीले बताउनु भयो। वहाँले भन्नू भयो " म गाँऊमा बसोबास गर्ने ब्यक्ति हुँ,मेरो घरको वरिपरि गरिब र विपन्न दलित समुदायहरु धेरै छन मलाई उनिहरुको समस्या अवगत छ " ।
लेखीले मधेश प्रदेश सरकारले शिक्षालाई छैठो प्राथमिकता क्रममा राखेको छ । जसले गर्दा शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगरेको हुँदा शिक्षामा सबैको पहुँच स्थापित हुन नसकेको प्रती दुख समेत व्यक्त गर्नु भयो ।
अन्तरक्रिया कार्यक्रम मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्य र शिक्षा विकास निर्देशनालय मधेसका निर्देशक दिलिप ठाकुरको अध्यक्षतामा जनकपुरमा संचालन भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापा रहेकी थिईन ।
अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेश सांसदहरु पुर्व मन्त्री मा.राम सरोज यादव , मा.रानी शर्मा तिवारी ,मा.शारदा दास पहाडी ,मा.राम आशिष यादव ,मा.मनोज सिंह र मा.चन्दन सिंह र राष्ट्रिय योजना आयोग मधेसका उपाध्यक्ष डाक्टर सोहन साह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा माननीय सिंहले सामुदायिक बिधालयमा गरिबका छोराछोरीहरुले पढ्छन , उनीहरूलाई आफ्नो भुमिका थाहा छैन।
त्यस्तै माननीय राजेन्द्र चौधरीले जबसम्म आवासीय बिधालय शिक्षाको सुरुवात हुदैन तबसम्म यस्ता लाखौं हजारौं कार्यक्रमहरुको आयोजना भए पनि हामी सबैले चाहेको आमूल परिवर्तन हुन सक्दैन ।
शिक्षा क्षेत्रमा काम र योगदान गरेका प्रदेशभरीका दर्जनौं अनुभवी व्यक्तिहरुको सहभागिता रहेको सो कार्यक्रमको संचालन मन्त्रालयका लेखा अधिकृत संगिता गुप्ताले गरेकी थिईन ।
प्रतिक्रिया