कञ्चनपुर,असार १६ गते ।
नेपाल सरकारको वन तथा वतावरण मन्त्री नवलकिशोर साह (रामबाबु)ले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।
सप्तरीको सप्तकोशी नगरपालिका २ स्थित गोर्बद्धन जनता माध्यमिक विद्यालय फत्तेपुरले आईबार स्वागत तथा सम्मानमा आयोजना गरिएको कार्यक्रममा मन्त्री साहले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई प्रमुअ अथितिको आसनबाट सम्बोधन गर्दै मन्त्री साहले भने,‘सप्तकोशी नगरपालिकाबाट पाएको अपार माया र स्नेहका कारण यहाँको विकास निमार्ण गर्न म सधैँ तत्पर रहनेछु ।’
मेरो मन्त्रालय त शिक्षासँग सम्बन्धित छैन तर म अरु मन्त्रालयसँग मागरे भएपनि यस क्षेत्रको विकासका सहयोग गर्न तयार छु । मन्त्री साहले भने,‘ सार्वजनिक कामको लागि भिख माग्नुलाई पनि राम्रै मान्निछ,म विद्यालयको शैक्षिक विकासका लागि अरु मन्त्रालयसँग भिख माग्नु परेपनि पछि पर्दिन ।’
मन्त्री साहले सहरी विकास मन्त्रालयसँग पहल गरेर कञ्चनरुप नगरपालिका स्थित सर्वोदय माबि,जनता आधारभूत विद्यालय बरमझिया,सप्तकोशी स्थित गोबज मात्रि,मधवापुर स्थित मावि विद्यालय र हनुमाननगर स्थित माबि विद्यालयमा गरी ५ ओटा विद्यालयलाई ५ करोड रुकम बिनयोजन गराएको बताए ।
सप्तकोशी नगरपालिका राजनीतक दल र सरोकारवालाहरुले वन क्षेत्रमा पालिकाबाट बिनयोजन गरेको बजेट खर्च गर्न समस्या भएको,कोशी टाप्पु क्षेत्रका जनावरले बालीनाली क्षति गर्ने गरेको,अहिले पनि शाहीकालिन ऐनबाट आरक्षका वरीपरीका जनता शासित हुनु परिरहेको गुनासो मन्त्री साह समक्ष राखेका थिए ।
मन्त्री साहले वन क्षेत्रमा विकास निमार्ण गर्दा प्रक्रियागत रुपमा फाईल अघि बढाएर मन्त्रालयसम्म पठाए आफू जसरी पनि मन्त्रिपरिषद्बाट पास गराउने बताए ।
सप्तकोशी नगरपालिका वडा नम्बर २का वडाअध्यक्ष जाहुर हुसैनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार भोला पासवान,जसपाका नेता चितरंजन यादब लगायतका सहभागिता रहेका थिए ।
प्रतिक्रिया