कञ्चनरुपका सामुदायिक विद्यालयहरुकाे बिजोगः एसइईमा ६२ प्रतिशत विद्यार्थी फेल 

...

कञ्चनपुर , असार १७ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा राष्ट्रिय परीक्षा बोर्डले बितेको बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा अनुसार कञ्चनरुपका ८ सामुदायिक विद्यालयका ६२ प्रतिशत विद्यार्थी फेल भएका छन् । परिक्षामा सहभागीमध्ये ३८ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । 
सप्तरीको कञ्चनरुप नगरपालिकाका ८ ओटा सामुदायिक विद्यालयबाट एसइई परीक्षा २०८० सहभागी विद्यार्थी मध्ये सबैभन्दा राम्रो नतिजा सर्वोदय माध्यमिक विद्यालय र सबैभन्दा खराब शंकर माध्यमिक विद्यालय बरमझिया सुब्बाटोलको रहेको पाइएको छ ।
पालिकाभरीमा कूल ६ सय २१ जना सहभागी भएकोमध्ये २सय ३६ जना मात्रै पास भएका छन् । यो कुल सहभागीमध्ये परिक्षर्थीमध्ये पास भएका विद्यार्थी हेर्दा औसतमा ३८ प्रतिशत हो ।
सर्वोदय माध्यमिक विद्यालयबाट एसइई परिक्षााका लाथि २ सय २६ जनामध्ये ४ जना विद्यार्थी परिक्षमा सहभागी भएका थिएनन् । सहभागी २ सय २२ जनामा ११२ ले उतिर्ण भएका छन् । परिक्षा सहभागी भएकामध्ये ५०.५ प्रतिशत विद्यार्थी पास भएका छन् । त्यसैगरी पालिकाभरीका ८ सामुदायिक विद्यालयमध्ये सबैभन्दा कमजोर नतिजा  कञ्चनरुप नगरपालिका ३ स्थित शंकर माध्यमिक विद्यालय बरमझिया सुब्बाटोलको रहेको पाइएको छ । विद्यालयबाट एसइईमा सहभागी ४८ जनामध्ये ६ जना मात्रै पास भएका छन् । जुन कुल विद्यार्थीको १२.५ प्रतिशत हो । ३० प्रतिशतभन्दा कम नतिजा ल्याउने विद्यालयहरुमा शंकर माध्यमिक विद्यालय कष्ठमहाल रुपनगर ( २७ प्रतिशत)राष्टिय माध्यमिक विद्यालय बनरैत टोलको २८ प्रतिशत रहेको छ । २०२८ सालको शिक्षा ऐनमा ३० प्रतिशतभन्दा कम नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक एवं शिक्षकलाई कार्यवाही गर्ने व्यवस्था गरिएको पाइन्छ । तर कञ्चनरुप नगरपालिकामा राजनीतिक आडमा राम्रा नतिजा ल्याउने विद्यालयका प्रअहरुलाई मानसिक तनाव दिने तर नतिजा नराम्रो भएपनि चाकरी गर्ने प्रअहरुलाई प्रोत्साहन गर्दै  आइरहेको कतिपय विद्यालयका प्रअहरुको गुनासो रहेको छ । 
मौका परिक्षाका लागि सर्वोदयले तयारी कक्षा संचालन गर्नेः
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीहरु सर्वोदय माध्यमिक विद्यालयले मौका परीक्षाका लागि तयारी कक्षा संचालन गर्ने भएका छन् । 
विद्यालयका प्रधानाध्यापक तारानन्द मल्लिकका अनुसार विद्यालयले मौका परिक्षा तयारी कक्षा संचालन गर्न निर्णय गरीसकेको जनाएका छन् । प्रअ मल्लिकले भने,‘ संघीय शिक्षा मन्त्रालयबाट पनि तयारी कक्षाका लागि परिपत्र भएको छ तर परिपत्र हुनुभन्दा अगाडी नै हामीले मौका परिक्षा दिने विद्यार्थीका लागि तयारी कक्षा संचालन गर्छौ ।’ सर्वोदयसँगै छिमेकी विद्यालयका विद्यार्थीहरुलाई समेत तयारी कक्षामा सहभागी गराउने प्रअ मल्लिकले जनाएका छन् ।

प्रतिक्रिया