कञ्चनपुर,असार १८ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ स्थित महुली खोलाको बाँध भत्किएपछि तीन पालिकाका संयौ विगहा खेत बालुमा परिणत भएको छ ।
महुली खोलामा आएको बाँढीले बाँध भत्किदा तिरहुत गाउपालिका वडा नं –१ धनपूरी, वडा नम्बर २ बडहरा र कन्चनरुप १,३ र ११का किसानहरु प्रभावित भएका छन् ।
महुली नदीको बाँध भत्किएको हप्तादिन हुनै लाग्दा स्थानीय सरकार प्रमुखहरु फोटो खिचेर समाजिक संजालमा हाल्नु बाहेक केही पनि गर्न नसकेको स्थानीयहरुले दुःख पोखेका छन् ।
महुली खोलामा आएको बाढीले कन्चनरुप ११ स्थित ठेलिया नजिक पुर्वतर्फ बाँध भत्काएर खेती योग्य ५० औं विगहा खेतमा खोलामा परिणत हुदाँ समेत पालिकाले कुनै गम्भिरताका साथ चासो नलिएको स्थानीय विध्यानन्द सिंह राजपुतले जानकारी दिएका छन ।
ठेलियाको दुबै पालिकाको बिचमा पर्ने गरी पूर्वर्तफ महुली खोलाबान्ध भत्किदा बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको गिदखोरा, पोर्ताहा, सकरदहि, जोगिनिया , कन्चनरुपको बरमझिया तिरहुत गा.पाको धनपुरी समेत डुवानमा परेको धनपुरीको मात्रै पनि २० औं बिगहामा लगाइएको धानवाली नष्ठ भएको स्थानीयहरुले जनाएको छ ।
महुली खोलामा आएको बाढीले पुल भत्काउंँदा कंचनपुर हुलाकी सडक खण्ड अन्तर्गत तिरुहुत हुलाकी सडक अवरुद्ध संगै कन्चनरुप ३ बरमझियाको खेती योग्य सयौं बिघा जग्गा बालुवाले पुरिएको स्थानिय बिरेन्द्र दासले बताए ।
तिरहुत ,कञ्चनरुप र हनुमानगर नगरपालिकाका प्रमुखहरुले तत्काल बाँध निमार्णका लागि पहलकमदी लिनुपर्ने जनाएको छ ।
धानबाली क्षति भएका र बालुवा पुरेका किसानहरुलाई तत्काल सम्बन्धित पालिकाहरुले बालीको क्षती पूर्ति दिनपर्ने र बाँध निमार्णमाको प्रबन्ध तत्काल गर्न स्थानीयहरुले ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया