कञ्चनरुप ९ मा विद्युत ट्रान्सफर्मर चोरीः १ सय २५ जना किसानलाई सिचाईको समस्या 

...

कञ्चनपुर,असार १९ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित  सुन्दरी सिचाई डिपटयुबेल जल उपभोक्ता संस्थाको ३ लाख ७५ हजार पर्ने  ट्रान्सफर्मर चोरी भएको छ ।
संस्थाका उपाध्यक्ष भरत प्रसाद यादबका अनुसार चोरी १५ गते राती नै भएको हुन सक्ने जानकारी दिएको छ । बुधबार विहान हेर्न जादा ट्रान्सफर्मरका बाहिरी भाग (फ्रेम) छोडेर सबै समान लगीसकेको रहेछ । यादबले भने,‘ हाम्रो सिचाईको अरु कुनै उपाय छैन,बर्षौ लगाएर सुचारु गरेको डिप बोरिङ्ग ६ महिना नबित्दै चोरी भएपछि १ सय २५ जना किसानलाई समस्या भएको छ । ’ उक्त सिचाई आयोजनाबाट करिब ६० बिगहा खेतमा सिचाई भइरहेको थियो । दुई बर्षको लगातार मेहनतबाट ६ महिना अघिदेखी पानी संचालनमा आएको थियो ।
विद्युत प्राधिकरण कञ्चनपुर कार्यालयले विद्युध फल्ट भएको भन्दै एक हप्तादेखी लाईन काटेको थियो । उपभोक्ता संस्थाका पदाधिकारीहरुले बुधबार नै इलका प्रहरी कार्यालय कञ्चनपुरमा चोरी घटनाबारे उजुरी दिएको छ । संस्थाका उपाध्यक्ष यादबका अनुसार विद्युत प्राधिकरण कञ्चनपुरमा समेत घटनाबारे जानकारी गराउने बताए । तर विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख डिई अरुण कुमार साहले घटनाबारे जानकारी नभएको जनाएको छ ।
यसअघि पनि जिल्लाको ग्रामीण भेगमा भोल्टेज व्यवस्थापनका लागि जडान गरिएका ट्रान्सफर्मरहरू धमाधम चोरी हुदैं आएक छन् । पेशेवर चोरहरूले रातिको सयममा धमाधम ट्रान्सफर्मर चोरेर लग्ने गरेको छ ।
सय केबिएको ट्रान्सफर्मरमा ६० देखि ७० किलोसम्म तामा रहने गर्छ। चोरहरुले तारलाई सर्ट गरी फ्युज गराएर ट्रान्सफर्मरबाट तामा चोरेर लाने गरेका छन्। पेशेवर चोरहरुले नै ट्रान्सफर्मर चोरी गरेर लाने गरेको छ । खासगरी ग्रमीण भेगको एकान्त ठाउँमा रहेको ट्रान्सफर्मरहरु चोरिने गरेको उनले बताए। उनले ग्रामीण भेगका ट्रान्सफर्मर जागाउनै मुस्किल परेको छ । प्रहरी प्रशासनले यस्ता चोरहरुको खोजी गरी कडा कारबाही गर्न जरुरी रहेको कञ्चनरुप ९का बलराम मण्डलले बताए । 
 

प्रतिक्रिया