कञ्चनपुर, असार २० गते ।
मधेस प्रदेश सरकार मन्त्री परिषदको बैठकले शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीको अध्यक्षतामा शिक्षा निति निर्माण र कानून तर्जुमा समिति गठन गरेको छ ।
आइतबार जनकपुरमा बसेको मन्त्री स्तरीय बैठकले शिक्षा तथा संस्कृति मन्त्री लेखीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
मधेस प्रदेश सरकार कार्य बिभाजन नियमावली २०८० को अनुसूची २ बमोजिम प्रदेशमा रहने मन्त्रालयहरुको कार्य जिम्मेवारी अन्तर्गत शिक्षा तथा संस्कृति संग सम्बन्धि निति निर्माण र तर्जुमा गर्नको लागि समिति गठन भएको मन्त्री लेखीले बताए ।
गठित समितिको सदस्यहरुमा निति आयोगका उपाध्यक्ष,शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव ,मधेस विश्वविद्यालय र मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति रहेका छन् ।
त्यसैगरी समितिमा विज्ञ सदस्यको रूपमा बिष्णु कुवँर रहेका छ्न भने डा ।प्रमोद भट्ट,राजेश झा र शिक्षा बिभागका निर्देशकलाई पनि समितिको सदस्यमा चयन गरेका छन् ।
प्रतिक्रिया