अभिभावक भेलामा शिक्षा अधिकृत चौधरी नआउदा विद्यालय व्यवस्थापन समिती गठन भएन

...

कञ्चनपुर,असार २१ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिका ११ ठेलिया स्थित दुुर्गा आधारभुत विद्यालय सिमरामा विद्यालय व्यवस्थापन समिती गठनमा अभिभावक भेला भएपनि शिक्षा शाखाका अधिकृत प्रेमकान्त चौधरी नआउदा समिती गठन हुन सकेन् ।
शुक्रवार दुुर्गा अधारभुुत विद्यालयको व्यवस्थापन समिती गठनका लागि ४ दिन अगाडी नै शिक्षा शाखाका अधिकृत  चौधरीलाई जानकारी गराउदा अभिभावक भेला भएको खण्डमा पटक पटक फोन गर्दा समेत नआउदा विद्यालय व्यवस्थापन समिती गठन नभएको प्रति विध्यानन्द राय राजपुुतले गुनासो गरेका हुन् ।
राय राजपुतका अनुसार नगर कार्यपालिकाको कार्यालय शिक्षा,यूवा तथा खेलकुद शाखाले जेष्ठ २७ गते विद्यालय व्यवस्थापन समिती गठन सम्बन्धि सुचना प्रकाशितमा भनिएको छ,‘असार २१ गते सम्मा अनिर्वाय रुपमा विद्यालय व्यवस्थापन समिती गठन गरी सोको अभिलेख शिक्षा शाखामा पेश गर्न भनिएको थियो तर अहिले सम्म कुनै पनी विद्यालयको व्यवस्थापन समिती गठन हुन सकेको छैन ।’
 विद्यालय व्यवस्थापनकालागि करिब ४० देखि ५० जना सम्म अभिभावक विद्यालयमा उपस्थिती हुदा समेत विद्यालयका प्रधानाध्यापनक सुनिता सिंहले रजिष्टरमा उपस्थिती गराउनु पर्नेमा समेत उपस्थिती नगराएको रायले गुनासो गर्दै भने ‘हामीले विद्यायलयलाई परीवर्तनको रुपमा हेर्न चाहन्छु  ।’
विद्यालयको शिक्षामा उन्नती प्रगती हुनुपर्नेमा सरजित राउत,देवनन्दन मण्डल,बिरेन्द्र मण्डल र ह्रदय नारायण मण्डल लगयतको चाहना गरेका छन् ।
शिक्षा शाखाका अधिकृत प्रेमकान्त चौधरीका अनुसार दुुर्गा अधारभुुत विद्यालयमा व्यवस्थापन समितिकालागि हामीलाई बोलाइएको थियो तर शिक्षा शाखामा महत्वपूर्ण काम रहकोले आज नभई नहुुने त्यस कारणले आज रद्द गरी बरु साउनमा गर्दा राम्रो हुन्थ्यो भनेस सुझाव दिएको बताए ।
असार महिनामा अभिभावकहरु थोरै उपस्थित भएकोले पुरै अभिभावक भेला गरीनु पर्ने त्यस पछि व्यवस्थापन समिती गठन गर्दा राम्रो हुने नभए केही दिनमै मुद्दा हाल दिन्छ भनेर आपूmले जानकारी गराएको हधिकृत चौधरीले बताए ।
विद्यालयका प्रधानाध्यापक सुनिता सिंहकी अनुसार विद्यालय व्यवस्थापनका लागि अभिभावक भेला भयो तर ३० देखी ४० जना सम्म अभिभावकहरु मात्रा उपस्थिती रहेको र उता शिक्षा शाखाका अधिकृत प्रेमकान्त चौधरीलाई भन्दा आज धेरै काम छ भन्ने गरेको उनले बताईन ।
कञ्चनरप नगरपालिकाभरीका ३३ सामुदायिक विद्यालयहरुलाई असार २२ गते भित्र विद्यालय व्यवस्थापन समिति गठन गरी जानकारी गराउन शिक्षा शाखाले पत्राचार गरेका थिए ।
 

प्रतिक्रिया