अवलोकित समाचारदाता
कञ्चनपुर,कार्तिक ७ गते । कञ्चनरुप नगरपालिका–६ सितापुर बलुवा स्थित महेन्द्र जनता माध्यमिक बिद्यालयको प्रधानाध्यापकको जिम्मेबारी मोहम्मद सलिमले पाएको छ ।
विद्यालयका प्रअ विनोद साहको काज फिर्ताभएपछि शिक्षक सलिमलाई विद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकहरुले गत सोमबारदेखी प्रअको जिम्मेबारी दिएको हो । ६ नम्बर वडाका वडाअध्यक्ष मोहम्मद ज्रिबिल,विद्यालयका प्रव विनोद साह,शिक्षक कर्मचारी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र नगरपालिकाका शिक्षा शाखा सांयोजक ललितनारायण यादबको उपस्थितीमा कार्यक्रम भएको थियो ।
प्रअका जिम्मेबारी पाएका सलिम २०५३ साल चैत्रदेखी विद्यालयमा कार्यरत छन् । उनले विज्ञान र गणित विषय पढाउदै आएका छन् । गणित विषयमा एमएसी गरेका प्रअ सलिम यस अघिका प्रअहरुलाई विद्यालय संचालनमा मुख्य सहयोगीको रुपमा सघाउँदै आएका थिए ।
हाल उमाबि कोटामा कार्यरत सलिमले आपूmलाई समिति, अभिभावक र सहकर्मी शिक्षकहरुले गरेको विश्वासलाई टिकाउन र विद्यालय सुधारका लागि थप जिम्मेबार भएर काम गर्ने अवलोकित दैनिकलाई बताए ।
प्रतिक्रिया