क्षयरोग मुक्त नगर घोषण अभियान अन्र्तगत क्षयरोग स्वंमसेवकहरुलाई तीन दिवसीय जनचेतनामूलक कार्यक्रम सम्पन्न

...

कञ्चनपुर,असार २१ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको शभा हलमा क्षयरोग मुक्त नगर घोषण अभियान अन्तरगत क्षयरोग स्वंमसेवकहरुलाई तीन दिवसीय जनचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएका छन् । 
कञ्चनरुप नगरपालिका स्वस्थ्य शाखाद्वारा संचालित नसर्ने रोग संक्रमण सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।  स्वस्थ्य शाखाको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आयोजित तीन दिवसीय जनचेतनामूलक कार्यक्रम शुक्रबार आयोजित एक समारोहका वीच सम्पन्न भएको हो ।
 ‘‘स्वास्थ्य जोगाऔं, जीवन बचाऔं’’ भन्ने मुल नाराका साथ नसर्ने रोग सम्बन्धी प्रभावकारी रुपमा कार्यक्रम गरिएको कञ्चनपुर नगर अस्पतालका प्रमुख डाक्टर संजीब कुमार  झाले बताए । नसर्ने रोग संक्रमण सम्बन्धित कार्यक्रम अति नै सन्तोषजनक र शान्त वतावरणमा सम्पन्न भएको कार्यक्रममा सहभागी १२ औटै वार्डका स्वमसेविकाहरुले बताए । 
“यस्ता कार्यक्रमहरु हाम्रा बालबालिकाहरुको लागि अवसरको विषय हो” कंचनरुप नगरपालिका वार्ड नं २ का  एक पवन कुमार चौधरीले भने,‘वर्तमानका अबस्थामा नसर्ने रोगबाट अधिकांश व्यक्तिहरु समय अवधी नपुग्दै संसार छोरेर जान बाध्य भएका छन् , स्वास्थ्य जिवनका लागि कार्यक्रम अतिनै उपयोगी भएको छ ।” 
५६जना सहभागी जनचेतनामूलक कार्यक्रममा नसर्ने रोगहरुबाट कसरी बच्ने बारे प्रशिक्षक स्वास्थ्यकर्मी राकेश कुमार देवले विस्तारमा जानकारी दिएका थिए । जन स्वस्थ्य अधिकृत राम सेवक यादव , नगर प्रमुख ललन प्रसाद गुप्ता , नगर उप– प्रमुख मुना कुमारी पोखरेल, प्रमुख प्रशासकीय अधिकृत राम नारायण साह रौेनियार , लेखा अधिकृत राजेश कुमार राज, प्रशासन अधिकृत नबराज कुमार ,स्वास्थ्य शाखा सहसयोजक डम्बर प्रसाद गुप्ता , सुरेन्द्र प्रसाद यादव, बिकास गुप्ता, नगर अस्पतालका डाक्टर लगायत कञ्चनरुप नगरपालिका भरीका प्रत्येक वार्डबाट ४ ÷ ४ जना स्वमसेविकाहरुको उपस्थिति रहेको  थियो ।
 

प्रतिक्रिया

REHAN SHEKH

२0८१ असार २२ गते १४:२६

Nice

  • 0 Replies
  • 0 Likes
  • 0 Dislikes