कञ्चनपुर, असार २२ गते ।
दलित सरोकार मञ्च नेपालले शम्भुनाथ नगरपालिको दिगो सहरी बिकास रणनीति बनाउन सहयोग गर्ने भएको छ ।
मञ्चले शम्भुनाथ नगरपालिकाको रणनीति बनाउन आवश्यक अध्ययन गरीरहेको छ । सप्तरीको कंचनरुप नगरपालिकाको वडा नम्बर १२ मा रहेको रूपनगर नन्दराज संरौला क्याम्पस रूपनगर नन्दराज संग्ररौला क्याम्पसमा शनिबार दलित सरोकार मञ्चद्वारा आयोजित एक कार्यक्रमको वीच मञ्चको
कार्यकारी निर्देशक भोला पासमानले दिगो सहरी विकास रणनीतिले पालिकालाई सहयोग पुग्ने बताए ।
शम्भुनाथमा हुने अगामी सर्वेक्षणको लागि गणनाकर्ता प्रशिक्षन कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक पासवानले कुनै पनि नीति र योजनाका लागि अध्ययन अनुसन्धान एक महत्वपूर्ण औजार रहको बताए ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिपक जगुरेलले सामुदायिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि यो सिक्ने अवसर समेत रहेको बताउँदै शिक्षालाई रोजगारी र अवसरसँग जोड्न आपूm हरसम्भव प्रयासरत रहेको बताए । सामुदायिक बिधालयमा गरिबको छोरा छोरी पढन गरेको बताउँदै गजुरेलले धनीको छोरा छोरीहरुले गाउका सामुदायिक बिधालयमा पर्दैन उनिहरु सहरका महगा क्याम्पसमा पढ्न जाने गरेको बताए ।
कार्यक्रममा दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासमन , त्यस्तै दलित सरोकार मञ्चका अनुसान्धान अधिकृत मनिष कोईराला, अनिता खंग, अबलोकित दैनिकका पत्रकार किसोर पासमान, अनिश शेख, कार्यक्रम सहायक सुसिन्द्र पासमान लगायत कंचनरुप नगरपालिकाको वार्ड नं ८ का रबिन पासमन, सोही नगरपालिकाका ५ का वसन्त सरदार, बबिता कुमारी बहरी, सुजन कार्की, राधा कुमार सोनि, पुजा पोखरेल, सबिना पोखरेल, आदिल अलि, सिबेन्द्र कुमार मण्डल, बसन्त सरदार, अनिश शेख, कनिता कुमारी खंग, अन्जना सदा, अमिला कुमारी सदा, रबिन पासमान, अनुराधा दाहाल, सुमन पासमान उपस्थिति रहेको थियो ।
प्रतिक्रिया