मधेस प्रदेशमा जनमत पार्टीको सतिस सिंह नेतृत्वको सरकारले नै पायो निरन्तरता

...

कञ्चनपुर, असार २२ गते ।

देशमा एमाले, कांग्रेस सहितको नयाँ सत्ता समीकरण बनेपछि मधेस प्रदेशमा पुनः जनमत पार्टीको सतिस सिंह नेतृत्वको सरकारले नै निरन्तरता पाएको छ ।
कुल १ सय ७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा शनिबार प्रदेश सभामा भएको विश्वासको मतमा  बर्तमान सतिस सिंह नेतृत्वको सरकारको पक्षमा कुल ६७ मत परेका हुन । 
वर्तमान सरकारलाई नै निरन्तरता दिने गरी नेकपा एमालेको २४,नेपाली कांग्रेसको २२,जनमतको १३ र लोकतान्त्रिक समाजवादी पार्टीको ८ जना प्रदेश सभा सदस्यहरुले पक्षमा मतदान गरेका थिए ।
यस अघिको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट सरकारमा रहेका मन्त्रीहरु सरकारबाट बाहिरिएका छन् । 
मतदानमा १ सय १ जना प्रदेश सभा सदस्यले भाग लिएको नेकपा एमालेको नेता एवं शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले जानकरी गराउनु भयो ।

प्रतिक्रिया