त्रियुगाको बाढीले सप्तकोशी वडा नम्बर २का सुकुमवासी टोल डुबानमाः स्थानीयलाई सुरक्षित स्थान सारियो

...

कञ्चनपुर,असार २५ गते ।
त्रियुगा खोलाले पूर्वी तटबन्ध कटान गरी सप्तकोशी नगरपालिका– २ स्थित सुकुमवासी टोलमा बाढी पसेपछि बस्ती डुबानमा परेको छ । बस्तीनै डुबानमा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । 
मंगलबार बिहान १० बजे बाढी सुकुमवासी बस्ती पसेको हो। सप्तकोशी नगरपालिका– २ का वडाध्यक्ष जाहिर हुसैनका अनुसार बाढीले सुकुमवासी टोलका ६८ घर डुबानमा परेको हो ।

बाढी पसेर पूरै गाउँ जलमग्न भएपछि उद्धार कार्यमा समस्या उत्पन्न भएको  वडाध्यक्ष हुसैनले बताए । उनले भने,‘म आफै विहानैदेखी खटेर उद्धार कार्यमा लागेको छु,आवश्यक सहयोगका लागि सबैलाई आग्रह छ ।’
 बस्तीका घरघरमा पानी पसेपछि प्रहरीले सप्तकोशी नगरपालिका– २ का १६ परिवारका सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।
उद्धार गरिएका बाढीपीडितहरूलाई स्थानीय मस्जिदमा राखिएको तथा क्षतिको विवरण संकलन भइरहेको न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया