कञ्चनपुर,असार २६ गते ।
कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता र प्रमुख प्रशसाकीय अधिकृत रामनारायण साह ( रौनियार) मिलेर असार मसान्तको अन्तिम समयमा लाखौं रकम काम नगरेर चेक काटेर राखेको स्थानीय ठेकेदारहरुले अरोप लगाएका छन्।
यसअघिका प्रमुख प्रशसाकीय अधिकृत पुरुषोत्तम घिमिरेले कोटेशन मार्फत काम नगर्ने नगरभसाबाटै निर्णय गराएका थिए । उक्त निर्णयलाई नगरप्रमुख गुप्ता र प्रमुख प्रशसाकीय अधिकृत रौनियारले असार मसान्तको अन्तिममा उल्टाउँदै कोटेशनमार्फत काम गराउने निर्णय गरेका थिए । उक्त निर्णयबारे स्थानीय ठेकेदारलाई मात्र होइन नगरप्रमुखका पिछलगु केही ठेकेदारलाई समेत भनल लाग्न दिएको थिएन् ।
कञ्चनरुप नगरपालिका नगरप्रमुख गुप्ताले नगरस्तरीय योजनामा झण्डै ३ करोड र उपप्रमुख मुनाकुमारी पोखरेलले विनयोन गराएको एक करोड योजनामा असार मसान्तको अन्तिम समयमा ब्यापक अनियमिता गरेका छन् ।
असार मसान्तको २४ गते अघि नै काम सम्पन्न भएर सबै भुक्तानी भइसक्नुुपर्ने हो । तर कञ्चनरुप नगरपालिकाले कामै नगरेर लाखौं रुपैया भुक्तानी दिएको तथ्य बाहिरिएको छ ।
कञ्चनरुप नगरपालिका वडा नम्बर ८मा आपेन जिम निमार्णका लागि असार २५ गते राति चन्द्रनहर छेऊमा हतार हतार जिमको सामग्री राखीरहेको बेला स्थानीयहरुले खाजबिन गरेपछि काम बन्द गरेर ठेकेदार भागेका थिए । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताले छुट्याएको नगरस्तरीय बजेटमा १० लाख रुपैया बिनयोजन गरेको थियो । उक्त जिमका समान कञ्चनरुप नगरपालिकाको कार्यालय परिसरमा अहिले राखिएको छ ।
कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत रौनियारले कार्यपालिकाबाट निर्णय गराएर असार मसान्तसम्म भुक्तानी दिन सक्नेगरी अख्तियारी लिएको एक कार्यपालिका सदस्यले बताए । कार्यपालिकाका बैठकमा प्रमुख प्रशसाकीय अधिकृत रौनियारले तपाईहरुले साथदिने हो भने म असार महिनाको ३१ गतेसम्म भुक्तानी दिन सक्छु भन्दै प्रस्ताव गरेका थिए । ति कार्यपालिका सदस्यले भने,‘ यो प्रस्ताव सुनेर सबै जना वडाअध्यक्षहरु पनि खुशी हुदैँ जे निर्णय गर्नुपर्छ हामी गर्छौ तर भुक्तानी हुनु प¥यो भन्दै सहमति जनाएका थिए ।
कञ्चनरुपका नगर प्रमुख र प्रमुख प्रशसाकीय अधिकृतले आफनो एक स्वजातीय सदाबहार ठेकेदार मार्फत कोटेशनका सबै काम ३० देखी ५० प्रतिशत कमिशनमा जिम्मा दिएको स्रोतले जनाएको छ ।
नगरप्रमुख गुप्ता निकटका ठेकेदार सन्तोष गोईतका अनुसार कोटेशनमा काम गराउने निर्णय कहिले भएको र के के काम कसले पाएको सन्दर्भमा मंगलबार नगरप्रमुख गुप्तासँग सोधीखोजी गर्दा उनले आपूmलाई केही जानकारी नभएको जानकारी दिएको बताए । ठेकेदार गोईतले भने,‘ नगरप्रमुखजीले त मलाई केही जानकारी नै छैन भन्नुभयो तर त्यो कुरामा मलाई विश्वास लागने,नगरप्रमुखलाई नसोधी कुनै काम हुदैँन पालिकामा ।’
खुल्ला जिम लगायत कोटेशनमार्फत भएको कामबारे प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत रौनियालाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन भने नगरका प्रवक्ता कृष्णा प्रसाद साहले फोन उठाएनन् ।
प्रतिक्रिया