सूचना आयोगद्वारा कञ्चनरुपनपालाई सूचना अभियन्ता बिटुलाई पूर्ण सुचना दिन आदेश

...

कञ्चनपुर,असार २८ गते । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले कञ्चनरुप नगरपालिकाकालाई सूचना अभियन्ता रति सुमन गुप्ता(बिटु)लाई सूचना उपलब्ध गराउने आदेश गरेको छ ।
आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ्गले गत असार १९ गते बुधबार पुनरावेदन पत्रमा सुनवाई गर्दै सूचना उपलब्ध गराउन निर्देशन दिएको हो ।  सूचना अभियन्ता गुप्ताले केही समय अगाडी कञ्चनरुप नगरपालिकाको २०८० भदौं ३० गतेको कार्यपालिका बैठकको निर्णय,२०८० साल असोज २ गते कञ्चनरुपनगरपालिकाको नवौं नगरसभाबाट पारित भएको स्वीकृत बजेट तथा कार्यक्रम र पालिकाको सूत्रमा इन्ट्री भएको नगरप्रमुखबाट प्रमाणित भएको कोल्निका पठाएको अख्तियारीको सुत्र सहितको प्रमाणित प्रतिलिपी माग गरेको थियो ।
पालिकाले तीन ओटा सूचना माग गरेकोमा एउटा सूचना त्यो पनि आंशिक मात्रै दिएको भन्दै सूचना आयोगमा पुनरावेदन गरेको थियो । उक्त पुनरावेदनमाथि सुनवाई गर्दै अयोगले दफा १०(३)क बमोजिम सुचना उपलब्ध गराउन आदेश दिएको हो । 
सूचना अभियन्ता बिटुका अनुसार प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह ( रौनियार)ले नगर प्रमुख ललन प्रसाद गुप्तासँगको मिलोमतोमा सूचना लुकाउने काम गरीरहेको बताए । अभियन्ता गुप्ताका अनुसार सूचना माग्न जादा प्रमुख प्रशसाकीय अधिकृतले ठाडै सूचना दिन इन्कार गर्नुकासाथै सूचना माँग गरेकै कारण नगरप्रमुख गुप्ताले षडयन्त्रपूर्वक कार्यपालिकाको बैठकबाट आपूmलाई कार्यवाही गर्न निर्णय गराएको बताए ।

प्रतिक्रिया