सर्वोच्चले जनप्रतिनिधिको तलब रोक्यो तर कञ्चनरुपले‘गैरकानूनी’ रुपमा सल्लाहकारलाई तलब खुवाउँदै

  • कार्तिक ७, २0७६
  • 0
...

किशोर पासवान
कञ्चनपुर, कार्तिक ७ गते ।
सर्वोच्चले जनप्रतिनिधिको तलब राक्यो तर कञ्चनरुपले‘गैरकानूनी’ रुपमा सल्लाहकारलाई तलब खुवाउँदै, अधिवक्ताभन्दा खरिदारको तलब बढीभएपछि बिबाद सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुलाई तलब भत्ता रोक्न आदेश जारी गरेको एक हप्ता नबित्दै कञ्चनरुप नगरपालिकाले भने ‘गैर कानूनी’ रुपमा तीन जना सल्लाहकारलाई तलब खुवाउने अन्तिम तयारी गरेको छ ।
    कञ्चनरुप नगरपालिकाले सल्लाहकार खिलानाथ पोखरेल,कानुनी सल्लाहकार कृष्ण केसी र प्रेस सल्लाहकार उत्तम अर्चायलाई तलब खुवाउने तयारी गरेको हो । यस अघिका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले तलब रोकेका थिए । तीन जनालाई १० महिनादेखी तलब दिइएको छैन ।
    यसअघिका प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्रले नगरसभाले निर्णय गरेकै अधारमा तलब भत्ता खुवाउन नमिल्ने भन्दै तलब रोकेका थिए । उति बेलै मिश्रले भनेका थिए,‘अहिले कानुनी व्यवस्था अनुसार तलब खान कि त जागिर गर्नु प¥यो ? यात जनप्रतिनिधि हुनु प¥यो ?’ उनले भनेका थिए,‘ तीनै जना न त कर्मचारी हुन् नत जनप्रतिनिधि त्यसैले मासिक रुपमा तलब खुवाउन सकिदैन ।’ तीन जनालाई तलब खुवाउन ‘जनप्रतिनिधिका नेता’हरुले थुप्रै प्रेसर गरे पनि मिश्रले अन्तिम समयसम्म आफनो अडान कायम राखेका थिए ।
    पहिलो नगरसभाबाट सल्लाहकार राख्ने निर्णय भएपनि सल्लाहकारको सेवा सुविधा र कार्यबारे कुनै कार्यविधि नै नबनाई पहिलो वर्ष तीनै जनालाई तलब खुवाइएको थियो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सल्लाहकारहरुलाई तलब भत्ता खुवाए त्यो बेरुजू हुने र लेखाअधिकृत र प्रमुख प्रशासकीयको तलबबाट काटिने जनाएको थियो । पछिल्लो पटक नगरपालिकामा नयाँ कार्यकारी अधिकृतमा पुरुषोत्तम ढकाल आएपछि पुन : तलब खुवाउन तयारी गरेको नगरपालिकाले स्रोतले जनाएको छ । नगरपालिकाले सल्लाहकार खिलानाथ पोखरेललाई मासिक २० हजार,कानुनी सल्लाहकार कृष्ण केसीलाई मासिक १५ हजार र प्रेस सल्लाहकार उत्तम अर्चायलाई ७ हजार तलब पाउने गरी ६ महिनाको तलब खुवाउन तयारी गरेको नगरपालिका स्रोतले जनाएको छ ।
    खरदारबाट अवकाश पाएका खिलानाथ पोखरेललाई मासिक २० र कानुनी सल्लाहकार कृष्ण केसीलाई मासिक १५ हजार तलब खुवाउने भनेपछि अधिवक्ता केसीले त्यसको विरोध गरेको बताइएको छ । अधिवक्ताको प्रमाणपत्र पाएर सेवा दिएको १६ बर्षभन्दा बढी भइसकेको र शैक्षिक रुपमा समेत पोखरेलभन्दा अगाडी रहेको केसीलाई कम तलब दिन तयारी गरेपछि उनले त्यसको विरोध गरेको बताइएको छ ।
यस विषयमा कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रसँग बुझदा तलब खुवाउनेबारे अाफुलाई केही जानकारी नभएको भन्दै फोन काटेका थिए । तेस्रो नगरसभामा नगरपालिकाको सल्लाहकार फेर्न जोडदार माँग उठेको थियो । नेपाली काग्रेसका वहुमत नगरसभा सदस्यले नगरसभामा प्रेस सल्लाहकार र राजनीतिक सल्लाहकार फेर्न जोडदार रुपमा माँग गरेका थिए । सल्लाहकार राख्ने कि न राख्ने विषयमा नेपाली काग्रेस र नेकपाका सदस्यबीच चर्का–चर्की भएपछि सभामा उक्त प्रस्ताब पेश गर्न भनेपछि सभाअध्यक्ष नगरप्रमुखले विषयलाई विषयान्तर गर्न खानाको लागि ब्रेक गरेका थिए । नेपाली काग्रेसका अधिकाश नगरसभा सदस्यहरुले सल्लाहकार फेर्न माँग गरेपनि नगरप्रमुख वसन्तकुमार मिश्रले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिएका थिए ।
    वडा नम्बर ५का वडाअध्यक्ष कैलाश कुमार मिश्रले महालेखा परिक्षकले समेत सल्लाहकारहरुको तलब बेरुजू देखाएकोले नगरसभासदस्यबाटै सल्लाहकार राख्न माँग गरेका थिए । कार्यपालिका सदस्य अनन्तलाल धामीले समेत सल्लाहकारहरुको काम सन्तोषजनक नभएकोले तलब खुवाई राख्न जरुरी नभएको बताएका थिए ।

प्रतिक्रिया