महिला स्वयसेविका छनौटमा ढिलाई

...

कञ्चनपुर,असार ३० गते ।
कञ्चनरुप नगरपालिका अन्तर्गतका   वडाहरुमा ६० वर्ष पूरा भई अवकाश भएका ठाउँमा महिला  स्वयंसेविका छनौटमा ढिलाई भइरहेका छन् ।
अवकाश भएका ठाउँमा आमा समूह द्धारा नयाँ स्वास्थ्य महिला स्वयंसेविका छनोटको प्रक्रिया सुस्त रहेको पाईएको  छ । सप्तरीको कञ्चनरुप नगरपालिका ४  (साबिक गा.वि.स वडा नम्बर ५) कबिलासामा स्वास्थ्य महिला स्वयंसेविकामा साबैर देवि पासवानकी ६० वर्ष पूरा भई पूर्ण अवकास हुदा आमा समूह द्बारा गत असार १९ गते नयाँ स्वास्थ्य महिला स्वयंसेसेविकाका लागि सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा  ५ जनाले आवेदन दिएको प्रती छनोट प्रक्रिया सुस्त रहेको भएको स्थानीयहरुको गुनासो रहेका छन् ।
स्वयंसेविका पदका लागि रन्जना कुमारी पासवान,सुतिका चौधरी,रन्जन कुमारी सिंह,संगिता पासमान र मन्जु कुमारी पासमानले आवेदन दिने गरेको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक गोबिन्द प्रसाद गुप्ताले जानकारी दिएका छन ।
जनस्वास्थ्य निरीक्षक गुप्ताका अनुसार अन्दाजी २०७० सालमा रेश्मी देवि पासमानकी अध्यक्षतामा २० सदस्य आमा समूह गठन भएको हो र यस समुहमा रजिस्टरमा नाम भएको सदस्यहरु मात्र स्वयं सेविका छनोट गर्ने प्राबधान रहेको बताए ।
आमा समूहको  अध्यक्षमा रेश्मी देवि पासमान रहेकी छिन्  भने सदस्यहरुमा साबैर देवि पासमान,सुमिन्द्रा देवि पासमान,समतोलिया देवि पासमान,मिना देवि पासमान,सकुन्ती देवि चौधरी,दशनी देवि पासमान,चनर देवि पासमान, जत्रि देवि पासमान,सेवकी देवि पासमान,चनावती देवि चौधरी,गिता चौधरी,प्रमिला चौधरी,प्रानवती चौधरी,हरिहरवती चौधरी,प्रमिला चौधरी,सुमिद्रा देवि चौधरी,भुटनी देवि चौधरी,चनावती पासमान र श्रीवति पासमान रहेकी बताए ।
जनस्वास्थ्य निरीक्षक गुप्ताका  अनुसार रजिस्टरमा आमा समुहको  गठन भएको नाम लिस्टको  आधारमा बैठकमा बस्ने बताए । उनले भने,‘अवकाश भएकी स्वयं सेविका पासवानले कुनै कार्यक्रम वा बैठक हुदा आमा समुहका बाहेक महिलाहरुलाई बोलाएर सहभागी गराउने गरेको कारण अरु महिलाहरुले म पनि छु आमा समुहमा भनेर दावी गरेको होला ।’
 

प्रतिक्रिया