प्रधानमन्त्री ओलीले लिए शपथ : जसपाबाट नवलकिशोर र प्रदीप यादब मन्त्री

...


काठमाडौं, असार ३१गते । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्रीमा ओलीली सपथ लिएसँगै एमाले,काग्रेस,जसपा र लोपसाबाट २१ जना मन्त्रीले पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । 
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २१ मन्त्रीले शपथ लिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीलाई शपथ खुवाएका थिए  भने त्यसपछि राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले मन्त्रीहरूलाई शपथ गराएका थिए । एमालेबाट ८ जना,काग्रेसबाट ९ जना,जसपाबाट २ जना र लोसपाबाट एकजनागरी २१ जनाले मन्त्री पदको सपथ लिएका छन् । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्री भएका छन् । जसपाबाट प्रदीप यादव  खानेपानी मन्त्री र नवलकिशोर साह सुडीलाई  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने छन् । 
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । ओलीलाई कांग्रेसका ८८ र एमालेका ७८ सांसदको समर्थन छ । यद्यपि, अन्य साना दललाई पनि सामेल गरेर ओली नेतृत्वको सरकारलाई दुईतिहाइभन्दा बढीको समर्थनप्राप्त सरकार बनाउने कांग्रेस र एमालेको योजना छ ।
मन्त्री बन्नेहरुको सूचीः
१– प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास
२– विष्णु पौडेल –  उपप्रधान तथा अर्थ
३– पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि
४– रमेश लेखक – गृह
५– प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
६– आरजु राणा – परराष्ट्र
७– बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
८– बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
९– दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति
१०– नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११– देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१२– विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
१३– अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला
१४– तेजुलाल चौधरी – युवा तथा खेलकुद
१५– मानवीर राई – रक्षा
१६– दीपक खड्का – ऊर्जा
१७– राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन
१८– ऐनबहादुर शाही – वन तथा वातावरण
१९– शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२०– प्रदीप यादव – खानेपानी
२१– रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी
 

प्रतिक्रिया