कञ्चननरुप २ मा खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

...

कञ्चनपुर,असार ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–२ स्थित महादेवपट्टिमा नहरबाट आएको पानीले बनाएको खाल्डोमा डुबेर एक ५ बर्षिया बालिकाको मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर ५ वर्षीय बालकको सोमबार दिउँसो करिब २ बजेको समयमा  मृत्यु भएको  स्थानीय आदम शेखले बताए । नहरमा डुबेर अचेल  अवस्थामा देखेपछि उपचारको लागी क्रममा   वार्ड नं १२ स्थित रुपनगर रहेको एमडी  अस्पताल लगेकोमा अस्पतालले बिरामीको अवस्था देखिपछि मृत्यु भईसकेको थियो ।
 आफ्नै घरको अगाडिमा रहेको नहरमा नुहाउँदै गर्दा कंचनरुप नगरपालिका – २ बस्ने नजेमुद्दिन शेखको छोरा  खुशी  आलम शेखको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरीले जानकारी दिए  ।

उनका अनुसार पौडी खेल्ने क्रममा बालकको नहरमा मृत्यु भएका छन् । बालकको शव एमडी अस्पताल बाट घर लिएर आए पछि अनि  स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । बालकको शव परीक्षणका लागि राजबिराज स्थित गजेन्द्र नारायणसिंह अस्पताल  लगिएको प्रहरीले जनाएको छ ।  नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।

प्रतिक्रिया