किशोर पासवान
कञ्चनपुर, कार्तिक ८ गते । कञ्चनरुप नगरपालिकाको नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाको नागरीकहरुको सोच शिक्षा र स्वास्थ्य तर्फ नभई खालि नालाहरुतर्फ रहेको बताएका छन् ।
यूनिसेफको सहयोगमा कञ्चनरुप नगरपालिकाले विहीबार बालमैत्री घोषणा पश्चात दिगोपना तथा निरन्तरताको लागि सरोकारवालाहरुसँग एक दिने अभिमुखिकरण कार्यक्रममा नगरप्रमुख मिश्रले सो कुरा बताएका हुन् ।
बालमैत्री घोषणा पश्चात दिगोपना तथा निरन्तरताको लागि नगरपालिकाले निर्णय गरेको बताउँदै नगरप्रमुख मिश्रले भने,‘बालमैत्री सम्बन्धी निर्णयलाई कार्यन्वयन गरी नगरपालिकालाई राम्रो बनाउन हामी प्रयास गर्दैर्छौ । यसमा सबैको सहयोग आवश्यक छ ।’ नगरप्रमुख मिश्रले भने, ‘अहिलेसम्म जति जे गरेका छौ राम्रो गरेका छौं ।’ नगरपालिकाको सभाहलमा ‘बाल विवाह,बाल श्रम मुक्त शहर, बालमैत्री पूर्ण व्यवहार कञ्चनरुप नगरपालिकाको रहर’भन्ने नाराका साथ नगरस्तरीय सरोकारवालाहरुसँग अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा युनिसेफकी प्रतिनिधि सर्मिला पौडेलले विद्यालयमा शिक्षक पढाउनु भन्दा अगाडी स्वास्थ्य संस्थाकै स्वास्थ्यकर्मीहरुले नै गएर बच्चाहरुलाई स्वास्थ्य सम्बन्धि पढाउन सुझाव दिएकी थिईन् ।
बच्चा जन्माउने बेला भएको अवस्थामा निः शुल्क एम्बुलेन्स सेवा सुविधा दिने योजनामा रहेको उल्लेख गर्दै पौडेलले बालमैत्री नगर घोषणा भइसकेकोले कञ्चनरुप नगरपालिकामा बाल विवाह भए त्यो न.पा कै बेज्जत हुने तर्क गरिन ।
कञ्चनरुप नगरपालिकाको प्रशासकीय अधिकृत पुरुषोतम ढकालको अध्यक्षता सम्पन्न कार्यक्रमा वडा अध्यक्षहरु,शिक्षा शाखा प्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि,वडा सचिवहरु,बाल संजाल पदाधिकारीहरु, कार्यपालिका सदस्यहरु लगायतका उपस्थितिमा संचालन भएको थियो ।
प्रतिक्रिया